विद्यार्थी नेता केशव रावलले अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन । अखिल क्रान्तिकारी रुकुम पूर्वको जिल्ला सम्मेलनबाट केन्द्रीय प्रतिनिधीमा छनौट भएसंगै रावलले आफ्नो अध्यक्षमा उम्मेदवारी हुने घोषणा गरेका हुन ।
‘केन्द्रीय सम्मेलनका लागि रुकुम पूर्वले पहिलो सम्मेलन गरेको छ अनी त्यसबाट म एक नम्बरमा केन्द्रीय सम्मेलनका लागि प्रतिनिधी चयन भएको छु’ उनले आहा सञ्चारसंग भने, ‘केन्द्रीय प्रतिनिधी छनौट भएसंगै म केन्द्रीय सम्मेलनका लागि योग्य भएको छु र अध्यक्षमा उम्मेदवारी समेत दिने घोषणा गरेको छु ।’ अखिल क्रान्तिकारी नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन हो । रावल अहिले अखिल संगठनको उपाध्यक्ष छन । रावल विद्यार्थी राजनीतिमा सशक्त नेताको रुपमा परिचित छन । अखिल क्रान्तिकारीले २३ औँ राष्ट्रिय सम्मेलन असोज २ देखि ५ गतेसम्म हुदैछ ।
रुकुम पूर्वले २३ औं जिल्ला सम्मेलन सम्पन्न गर्दै चन्द्र रसाइलीलाई अध्यक्ष चयन गरेको छ । सोहि सम्मेलनले रावलसहित नेताहरु रेवन खड्का, वेदना बुढा, तिलक रसाइली, विकाश खड्का लगाएतलाई प्रतिनिधि छनोट गरेको बताइएको छ । रावलका अनुसार अखिल क्रान्तिकारीले ३३ पदाधिकारी र २४३ जना केन्द्रीय सदस्य बनाउने प्रस्ताव तयार गरेको छ । जम्बो पदाधिकारीसहित केन्द्रीय समिति बनाएको आरोप खेपेको अखिल क्रान्तिकारीले सानो कमिटी बनाउने गृहकार्य थालेको हो ।