रुकुम उद्योग वाणिज्य संघ रुकुम पश्चिमको जिल्ला अधिबेशन आगामी पुस ५ गते गर्ने निर्णय गरिएको छ । शनिबार सदरमुकाम खलंगामा सम्पन्न साधारणसभाले पुस ५ गते सदरमुकाम खलंगामा १४ औं जिल्ला अधिबेशन गर्ने निर्णय गरेको संघका सचिव रमेश खड्काले आहा सञ्चारलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार साधारणसभाको निर्णय अनुसार संघमा आवद्ध हुन र नवीकरणका लागि मंसिर २० गतेसम्म व्यवसायीहरुलाई समय तोकिएको छ । जिल्ला अधिबेशनले संघको नयाँ नेतृत्व चयन गर्ने छ ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस...

