सोमबार विहान ३ बजेर ७ मिनेट जाँदा रोल्पामा भुकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का रोल्पा संगै रुकुम पश्चिम, रुकुम पूर्व तथा आसपासका क्षेत्रमा महसुस गरिएको थियो । भूकम्पबाट क्षति भए नभएको यो समाचार तयार पार्दासम्म कुनै विवरण भने प्राप्त भएको छैन । केहि दिन अघि मात्र रुकुम पूर्व कोल केन्द्रविन्दु भएर पनि ५ म्याग्निच्यूडको भुकम्प गएको थियो ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस...

