रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा जारी महोत्सवको मिति थप भएको छ । शहीद स्मृति कला सांस्कृतिक संरक्षण केन्द्रद्वारा आयोजित महोत्सव २०८३ वैशाख २८ गतेसम्म थप भएको हो ।

२३ गतेसम्म सञ्चालन गर्ने गरी नगरपालिकाले अनुमति दिएको भएपनि अविरल बर्सात तथा हावाहुरीको कारण महोत्सव प्रभावित भएको भन्दै आयोजकले म्याद थपका लागि नगरपालिकामा निवेदन दिएअनुसार म्याद थप भएको महोत्सवका व्यवस्थापक एलबि कटुवालले जानकारी दिनुभयो ।
महोत्सवमा हालसम्म नायक पल शाह, गायिका ज्योति मगर लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूले प्रस्तुति राखिसकेका छन् भने अझै पनि महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरूको प्रस्तुति बाँकी रहेको उहाँको भनाई छ ।
आज बहु चर्चित गायक प्रकाश दुतराजको प्रस्तुती रहने छ । त्यस्तै महोत्सवमा १ सय बढी व्यापारिक स्टल सहित मनोरञ्जनका विभिन्न साधन रहेको आयोजकले जनाएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...