अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका महान् नेता, लेनिनवादका प्रतिपादक भ्लादीमिर इल्यिच लेनिनको १५६ जन्म दिवस र नेपाल कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवसको अवसरमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले शुभकामना ब्यक्त गरेका छन । आज एक प्रेस वक्तव्य सार्वजनिक गर्दै लेनिनको योगदान स्मरण र शुभकामना ब्यक्त गरेका हुन ।
आजकै दिन अर्थात् सन १८७० अप्रिल २२ तारिखका दिन लेनिनको जन्म भएको थियो भने आजकै दिन भारतको कोलकत्ता शहरमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियोे । आज संसारभरका सर्वहारा श्रमजीवी वर्ग तथा उत्पीडित जनसमुदायले महान् लेनिनको १५६ आौं जन्म दिवस धुमधामका साथ मनाउन गइरहेका छन् भने नेपाली सर्वहारा श्रमजीवी वर्ग एवं उत्पीडित जनसमुदायले नेपाल कम्युनिस्ट पार्टीको ७७ आौँ स्थापना दिवस भव्यताका साथ मनाउन गइरहेका छन् ।

विश्वभर क्रियाशील क्रान्तिकारी लेखक, पत्रकार ,साहित्यकार एवं सांस्कृतिककर्मीहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले पनि महान् लेनिनको १५६ जन्म दिवस र नेपाल कम्युनिस्ट पार्टीको ७७ स्थापना दिवसप्रति ऐक्यबद्धता जाहेर गरेको हो ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...