शंकर बिष्ट
मिडियाले उचालेको उचाइ भन्दा संघर्षले बनाएको उचाइ धेरै बलियो हुन्छ । त्यसैले कोही ढल्छ कोही धकेलिँदा पनि अडिग रहेर शिखर चढ्छ ।
गगन थापा
गगन थापा नेपाली राजनीतिमा त्यस्ता पात्र हुन् जसलाई मिडियाले सुरुदेखि नै आइडल बनायो । उनका हरेक अभिव्यक्तिलाई ठूलो बनाइयो र उनलाई भविष्यको नेताको रूपमा प्रस्तुत गरियो । उनको ब्यत्तित्व र एजेन्डा सेट गर्ने क्षमताले उनलाई छिट्टै उचाइमा पु¥यायो तर समयसँगै स्पष्ट भयो मिडियाको उचालाइ मात्रले राजनीति टिक्दैन । ग्राउन्डको जनसमर्थन र पार्टीभित्रको सन्तुलन कमजोर हुँदै जाँदा उनले पाएको उचाइ पनि विस्तारै घट्दै गयो । अन्तत उनले आफ्नै गतिले आफ्नो राजनीति कमजोर बनाउँदै लगे र त्यही यात्राले उनको उचाइलाई ओरालोतिर ल्यायो ।
रवि लामिछाने
अर्कोतर्फ रवि लामिछाने नेपाली राजनीतिका ‘फिनिक्स जस्ता पात्र हुन् । मिडियाको ठूलो हिस्साले उनलाई सधैं दबाउन खुइल्याउन र घेराबन्दीमा पार्न खोज्यो । तर जति धकेलियो उनी त्यति नै जनताको साथमा अझ बलियो भएर उभिए । उनले प्रमाणित गरिदिए यदि जनताको साथ र आफ्नै अडानमा इमानदारी छ भने नेगेटिभ प्रोपागाण्डाले नेतालाई समाप्त गर्न सक्दैन । चौतर्फी प्रहार हुँदा धेरै लुक्छन् धेरै झुक्छन् तर रवि लामिछाने त्यस्तो चट्टान बने जहाँ प्रहारहरू नै टुटे । उनीलाई कमजोर बनाउन खोज्नेहरू नै आफैं कमजोर सावित भए । आज उनी संघर्षकै जगमा आफ्नो स्थान बलियो बनाउँदै अघि बढिरहेका छन् । मिडियाको उचालाइ होइन जनताको भरोसाको बलमा ।

