मेगराज खड्का
रुकुम पश्चिम
रुकुम पश्चिममा प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक तर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार नेपाली कम्युनिष्ट पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ । नेकपाले २० हजार ३६ मत प्राप्त गरेर पहिलो भएको हो ।
त्यस्तै नेपाली काँग्रेसले १५ हजार १ सय ८१, राष्ट्रिय स्वतन्त्र पार्टीले १० हजार १ सय ४९ मत, प्रलोपाले ७ हजार २ सय ७, नेकपा एमालेले ५ हजार ८ सय ४७ मत प्राप्त गरेको छ । त्यस्तै राप्रपाले ४ सय ७८ मत प्राप्त गरेको छ । यस पटकको निर्वाचनमा अघिल्ला निर्वाचनहरुको समानुपातिक मत भन्दा समग्रतामा मुख्य दलहरुको मत घटेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले उलेख्य बृद्धि गरेको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...

