रुकुम पश्चिमको चौरजहारी नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाको पहिलो र देशभरमै दोस्रो स्थान हाँसिल गरेको छ । केहि दिन अघि स्थानीय सरकारहरुको कार्यसम्पादन मुल्यांकन गर्दै आएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको विवरण अनुसार अर्घाखाँचीको पाणिनि गाउँपालिका देशभरिकै प्रथम भएको हो भने चौरजहारी नगरपालिका दोस्रो स्थान हाँसिल गरेको हो ।

पाणिनि गाउँपालिकाले ८३.८४ अंक प्राप्त गरेको छ भने चौरजहारी नगरपालिकाले ८२.१५ अंक ल्याएको छ । चौरजहारी नगरपालिकाको प्रमुखमा पुष्प वादी छन भने प्रमुख प्रशासकीय अधिकृतमा लामो समय देखि शेरप्रसाद ढकाल कार्यरत छन । यसअघिका बर्षहरुमा पछि चौरजहारी नगरपालिकाको कार्यसम्पादन मुल्यांकन नतिजा उत्कृष्ट नतिजा ल्याउदै आएको हो ।

नगरपालिकाले स्थानीय कर संकलन देखि योजना कार्यन्वयन र खर्च लगायतका विभिन्न सूचकहरुमा रहेर आयोगले मुल्यांकन गर्दै आएको छ । रुकुम पश्चिमका अन्य कुन स्थानीय तहले कति अंक प्राप्त गरे, विवरण तल हेर्नुहोस ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...