रुकुम पश्चिमको चौरजहारीमा यातायात व्यवस्था सेवा कार्यालयले सेवा सुरु गरेको छ । स्थापना भएको ३ वर्षपछि कार्यालयले सेवा सुरु गरेको हो । सञ्चारमाध्यामको खबरदारी तथा जनस्तरबाट समेत चर्को आलोचना हुन थालेपछि प्रदेश सरकारले पहल लिई केहि सेवाबाट काम शुरु गराईएको हो । कार्यालय उद्घाटन गरिएको लामो समयसम्म पनि सेवा सुचारु नभएको समाचार आहा सञ्चारले प्रथामिकताका साथ प्रकाशित गरेको थियो ।
आहा सञ्चार साप्ताहिकको माघ २५ गतेको अंकमा ‘सरकारी कार्यालयको बोर्ड छ, नागरिकलाई सेवा छैन’ शिर्षकको मुख्य समाचार पत्रिका र अनलाइनमा प्रकाशित गरेको थियो ।

कार्यालय स्थापना भएपनि जनशक्ति अभावमा कार्यालयले सेवा सुरु गर्न सकेको थिएन् । आईतबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कार्यालयको सेवा उद्घाटन गरे । रामप्रसाद शर्माको ब्लुबुक नविकरण गरेसंगै सेवा सुचारु भएको हो । अहिले तत्कालका लागि कार्यालयबाट दर्ता, नामसारी, कर असुल, ब्लुबुक नविकरण सेवा प्रवाह हुने कार्यालय प्रमुख आनन्द चपाइले जानकारी दिए ।

तरअझै पनि कार्यालयमा प्राविधिक कर्मचारी नभएका कारण केहि सेवाहरु भने अझै प्रदान हुन समस्या रहेको छ । ७ जनाको दरबन्दी रहेको भएपनि हाल कार्यालयमा अप्राविधिक ३ जना मात्र कर्मचारी रहेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto