दामोदर पौडेल
१, जिल्लामा एस.एल.सी. सेन्टरको व्यवस्था
नेपालमा वि.सं. १९९० सालदेखि एस.एल.सी. परीक्षाबोर्ड स्थापना भएको करिब ४४ वर्ष पछि रुकुम जिल्लामा २०३४ सालदेखि एस.एल.सी.परीक्षा सेन्टरको स्थापना भइ परीक्षा दिने व्यवस्था भएको थियो । त्यसअघि जिल्लाबाट परीक्षा दिनेहरु दाङ, प्युठान र सल्यानका परीक्षा सेन्टरमा जानुपथ्र्यो । परीक्षा सञ्चालन हुँदा चारओटा माध्यमिक विद्यालय मात्र जिल्लामा सञ्चालमा थिए । समग्र पूर्वी रुकुमको प्रतिनिधित्व रुकुमकोट स्थित रुक्मिणी साधारण माविले गथ्र्यो । पश्चिमी भेगको प्रतिनिधित्व शीतल मावि चौरजहारीले गथ्र्यो । भने उत्तर भेगको प्रतिनिधित्व बाँफीकोट स्थित वीरेन्द्र साधारण मावि ले गथ्र्यो । त्यसैगरी दक्षिणी भेग तथा मध्य भागको प्रतिनिधित्व सदरमुकाम स्थित त्रिभुवन जनता व्यावसायिक माविले गर्दै आएको थियो । देशमा लागु भएको २०२८ को नयाँ शिक्षाको कार्यक्रम पनि रुकुम जिल्लामा २०३२ देखि सुरु भएको थियो । त्यस समयमा एस.एल.सी.पास गर्नु भनेको शिक्षा क्षेत्रको ठुलो उपलब्धि मानिन्थ्यो । कुन विद्यालयबाट कसले कुन डिभिजनमा एस.एल.सी. गर्यो भन्ने कुरा समग्र जिल्लाकै चर्चाको विषय बन्थ्यो ।
२, जिल्लामा सेन्टर स्थापना पछिको पाँचवर्षे रिजल्ट
परीक्षा सेन्टरको पहिलो अवसर त्रिभुवन जनता व्यावसायिक मावि मुसिकोटले पाएको थियो भने पहिलो केन्द्राध्यक्ष सोही विद्यालयका प्रअ सुधीरकुमार शाहले पाउनु भएको थियो । २०३४ सालको परीक्षा सेन्टरमा रुकुमकोटबाट २९ जना परीक्षार्थीहरु संलग्न भएकोमा क्रमशःगुरुप्रसाद शर्मा प्रथम, लालबहादुर थापा द्वितीय र लक्ष्मण शाह तृतीय स्थानमा पास हुनु भएको थियो । पुरानो शिक्षाको्अन्तिम व्याजका विद्यार्थी गुरुप्रसाद शर्मा र खलंगा सेरीगाउँका मदन मल्ल जिल्लाकै प्रथम श्रेणीमा पास हुने पहिलो विद्यार्थीमा पर्नु हुन्छ ।मदन मल्ल केन्द्रीय दशौँ स्थान भित्र पर्नु भएको थियो । २०३५ सालमा नयाँ शिक्षाको कार्यक्रमअनुसार ४जनाले परीक्षा दिएकोमा कोही पनि पास हुनुभएन । २०३६ सालमा ३२ जना संलग्न भएकोमा डा. कुशुमाकर शर्मा मात्र प्रथम श्रेणीमा पास हुनु भएको थियो (हाल अल्वरटा विश्व विद्यालयमा कार्यरत क्यानडा) । २०३७ सालमा २३ जनाको संलग्नता भएकोमा मनबहादुर के.सी. मात्र द्वितीय श्रेणीमा पास हुनु भएको थियो भने २०३८ सालमा २६ जना परीक्षार्थीहरु सम्मिलित भएकोमा द्वितीय श्रेणीमा पंक्तिकार दामोदर पौडेल, ऋषिराम शर्मा, मानसिंह डाँगी, भक्तबहादुर चन्द, टेकबहादुर थापा र तृतीयश्रेणीमा तारकबहादुर खड्का पास हुनुभएको थियो ।
३, एस.एल.सी. नतिजा थाहा पाउने कठिन अवस्था
वि.सं.२०३८ सालको माघ तेस्रो सातामा सम्पन्न भएको परीक्षाको नतिजा २०३९ सालश्रावणको दोस्रो सातामा प्रकाशित भएको थियो । नतिजा प्रकाशन भएको कुरा सोल्टि नाता पर्ने विष्णुप्रसाद शर्मा (नायक कान्छा) बाट मैले थाहा पाएँ । उनी दृृष्टिविहीन थिए । उनैबाट त्यस वर्षको बोर्ड प्रथम सिद्धार्थ बनस्थली काठमाडौ्ँ स्कुलकी लुना भट्टले गरेको र देशभरि ६ प्रतिशत विद्यार्थीहरु मात्र पास भएको थाह पाएँ । बोर्ड टप गर्ने पहिलो महिला उनै हुन् । सबभन्दा कम ६५ प्रतिशत पास पनि त्यसै वर्ष भएका थिए । दृष्टिविहीन नायक कान्छा संग जापानिज नेशनल पानासोनिक रेडियो भएकोले समाचार प्राय सुन्नुहुन्थ्यो । । उहाँले रेडियो नेपाल, अलइन्डीया रेडियो, रेडियो खर्साङ, बिबिसी, नेपाली सेवा लगायतका सामाचारहरु सुनेर हुबहु अरुलाई सुनाउने गर्नु हुन्थ्योे । उनमा थप के क्षमता थियो भने घरमा डोका, दाम्ला, बर्र्या, जाबा बुन्ने , मुल कुलोबाट खेतका गरामा गएर पानी लगाउने , नाडी छामेर गाउँका अधिकांश मानिसहरुलाई चिन्ने नोटहरु चिन्ने, मुर्चुङ्गा, मुरली, मादल बजाउने, ठाडी भाकागाउने जस्ता प्रतिभाहरु थिए । नतिजा थाहा पाउने अरु कुनै साधनहरु त्यस समयमा थिएनन् । विद्यालयमा डेड दुई महिनापछि आउने मार्कसिट वा गोरखापत्र जो एक महिनापछि जिल्लामा आउने गर्दथ्यो । त्यो साह्रै कठिन थियो ।संयोगबश गाउँका शिक्षक हर्कलाल गौतम विद्यालयको मासिक फाँटबारी बुझाउन जिल्ला शिक्षा कार्यालय झरेको समयमा एक महिनापछि शिक्षा अधिकारी पूर्णचन्द्र पौडेलले उनी सँग रुकुमकोटबाट पास हुने विद्यार्थीहरुको सिम्बोलनम्बर उल्लिखित कागतको टुक्रो र शिक्षक हुन चाहनेका लागि रिक्त विद्यालयको विवरण पठाएकाले त्यसैलाई आधार मानी आफु एस.एल.सी.पास भएको थाहा पाए ।
४, उच्च शिक्षाको हुटहुटी
एस.एल.सी.ले नै जीवनका मोडहरु कतातिर मोडिने भन्ने कुराको निर्धारण गर्दथ्यो । कसैले एस.एल.सी.लाई आइरन गेटका रुपमा हेर्थे भने कसैले गोल्डेन गेटका रुपमा हेर्ने गथ्र्ये । जेहोस् एस.एल.सी. पास जीवनको पहिलो पथ प्रर्दशक भने अवश्य हो । एस.एल.सी.पास पछाडि स्वयम् विद्यार्थी र अभिभावक बिच एक प्रकारको तरङ्ग नै उत्पन्न हुन जान्छ । के गर्ने, के विषय पढ्ने भन्ने जस्ता विषयले सताउने गर्दथ्यो । वास्तवमा त्यस समयमा उचित सल्लाह सुझाव र परामर्शको आवश्यकता पर्दो रहेछ । एस.एल.सी. पछि मलाई ओभरसियर पढ्न काठमाडौँ जाने कुराको हुटहुटी चल्यो । घरमा आमा, दाजुसँग सल्लाह मागे । दाजुले पढ्न जान त ठिकै हो भन्नु भो तर आमाको आँखाबाट आँसु बगेको देखेँ । आँसु हर्षका वा दुःखका के हुन् थाहा भएन । मेरो १००डिग्रमा चढेको हुटहुटी एकाएक जीरो डिग्रीमा झर्यो । अनुमान गरेँ अब मेरो अगाडि बढ्ने शिक्षा आर्थिक कारणले नहुने । घरमा आर्थिक स्रोतका अन्य सम्भावनाहरु केही पनि थिएनन्। सानो अवस्थामा रहँदा इच्छा चाहना र समस्याहरु सीमित भएर होलान आमा दाजुबाट पुरा भएकै थिए । जबकी बुवाको निधन हुँदा मेरो उमेर डेड वर्षको थियो भने दाजु साँढे ८ वर्षको हुनुहुन्थ्यो । आमाले शारीरिक, मानसिक, सामाजिक उत्पीडन निकै व्यहोर्दै हामीलाई हुर्काउनु भएको थियो । दिदीको विहे भइसकेको थियो । गाउँको विद्यालयमा पढ्दा फिस बाहेक अन्य ठूलो खर्च गर्नु पर्ने अवस्था थिएन । कापी किताब किन्ने जसोतसो भ्याइएकै थियो । आमाबाट पाएको मातृत्वको कारणले बुवाको आवश्यताको महसुस खासै मलाई भएको थिएन । सानो छँदाको दुई तीन वटा साना घटनाहरुले छुट्टै अनुभूति महसुस गराएको भने थियोे । सानो छाउँली दौँतरीसँग खेल्दै गर्दा कहिले काँही ठाक्क ठुक्क पनि पर्ने गथ्र्यो । ठाक्क ठुक्क पर्दा अरुहरु पख् म घरमा गएर बाँलाई भनिदिन्छु भन्थे । म भने जेइ (आमा)लाई भन्छु भन्थे । उनीहरु तेरो जेइलाई त मेरो बाँले कान्छी औँलाले फाल्दिन्छन् ।
भन्दाभने म नाजवाफ रहनु पथ्र्यो । त्यस समयमा बुवाको आवश्यकता महसुस गर्थे । अर्को घटना, मेला पर्वहरुमा गएको बेला सबैले पैँसा माग्न बुवालाई खोज्थे । बुवालाई भेटी सकेपछि उनीहरुले बुवाबाट पैसाँ पाउथे र मेलामा पाइने चिजहरु किनेर खान्थे म भने वरै उभेर ट्वाल्ल परी हेर्ने गर्दथे । अर्कोअनुभूति के थियो भने गाउँमा गरिने श्रमदानमा हट्टा कट्टा आउनु पर्ने बालबच्चा र महिलाआउन नपाउने कटुवालको हाको आउँथ्यो । त्यस समयमा हाम्रो घरमा आपत पथ्र्यो । घरबाट श्रमदान गर्न जाने मान्छे हुँदैनथ्यो । कति पटक मलाई फिर्ता गराएका थिए । घरबाट सोही कारणले थुप्रै दण्ड स्वरुप आमाले पैसा नभएर तामाका ताउली, काँसका थाली कटैराहरु तिर्नु पर्ने अवस्था हुने गर्दथ्यो । त्यो पनि मेरो जीवनमा बुवाको अभाव महसुस हुने घटना थियो ।यी घटनाहरु मेरा बुबाको अभाव सामान्य खालका हुन तर बुवाको महान अभाव भने उच्च शिक्षा पढ्न जान सकिन । जबकि मेरा दौतरीहरु नै बुवाको सल्लाह र संरक्षकत्वमा शहरका क्याम्पसहरुमा पढ्न गए । मैले पनि एउटा योजना बनाएको थिएँ, मेरा २० जनाआफन्तहरुको लिष्ट तयार पारेर पाँच(पाँच सय रुपैँया सापटी मागेँ । तर थोरै मात्र आफन्तले दिन मन्जुर गरे , अधिकाशंले आनेकाने गरे । पैसा नभए पछि बाध्यता वश म जि.शि.अ. पूर्णचन्द्र पौडेलले पठाइदिएको रिक्त विद्यालयको विवरण अनुसार २०३९ भाद्र २४ गते हिमालय निम्न माध्यमिक विद्यालय आठविस दाँजेको प्रावि तहमा शिक्षक हुन पुगेँ ।
५, जागिरीको पहिलो तलबको खर्च
त्यो समयमा एस.एल.सी.पासको रु. ३२५ मासिक तलब थियो। भाद्रको ७ सात दिन, असोज कात्तिक र दशैँ खर्च समेतको एकै पटक बुझेको तलबले मलाई साह्रै गर्व भयो । जीवनमा त्यत्रो कमाइले मलाई अपार खुशी बनायो । मैले जागिरी खाएको पहिलो पैँसामा एक जना दाँजेको व्यापारीबाट रिको फाइप (गते बार देखाउने, रातिबल्ने) अटोमेटिक सेकेनहेन्ड घडी किनेँ र घरमा भएका गोरुहरुले सधैँ जुधेर हार्दा मलाई साह्रै चित्त दुखेकोले जुध्ने राम्रो मोटो बलियो बल्ल(गोरु) दाँजे गाउमै किनेँ र घर ल्याएँ । त्यसले गाउँका सबै बल्ललाई पनि जित्यो । बचेको पैँसाआमालाई बुझाउँदा खुशी हुनुभो ।
६, ३८ वर्षे शिक्षक जागीरे काल
दाँजेमा करिब नौ महिना कार्यरत रहेँ । घरपायक हुने आशामा त्यसपछि निम्न माध्यमिक विद्यालय सिमा, मोरावाङमा सरुवा भएँ । त्यहाँ कार्यरत भएको अवस्थामा २०४० सालअसार २३ गते प्रावि तहमा स्थायी भई प्रअ पनि भएँ । त्यस विद्यालयमा २०५४ सम्म कार्यरत रहेँ । त्यही स्कुलमा प्रावि, निमावि दुबै तहमा स्थायी हुनुका साथै आइ. ए. र स्नातक सम्मको अध्ययन अगाडी बढाए । स्नातक गरिसके पछि विद्यालयलाई २०४८ सालमा अस्थायी मावि संचालन गरि मावि तहमा अस्थायी बढुवा पनि भएँ । त्यस स्कुलको स्तरोन्नति गर्ने क्रममा२०४८ मा अस्थायी अनुमतिबाट सञ्चालन भएको विद्यालय २०५२ साल फागुन १२ गते शिक्षा दिवसको अवसरमा स्थायी स्वीकृती पाई चारओटा मावि तहका सरकारी दरवन्दी पाउन सफल भयो ।त्यहाँका तत्कालीन मोराबाङ गाउँ पञ्चायत का प्रधानपञ्च तथा विद्यालय संचालक समितिका अध्यक्ष स्व. जमलाल पुन, पूर्व व्रिटिस आर्मी सुनवीर पुनले विद्यालयमा ठुलो सहयोग गरेको महसुस छ । सुनवीर पुनले व्रिटिस सोल्जर बोर्डबाट भौतिक निर्माणका कामहरु बनाउने कार्यमा लागेका थिए भने सिमा गाउँकै स्व.तुलासरी सुनारले शिक्षकहरुलाई कोठाहरु व्यवस्था गरि दिने, खानपिन दिने, विद्यालयलाई आर्थिक भौतिक सहयोग गर्ने व्यक्तिहरुमा पर्नुहुन्थ्यो । अन्य व्यक्तिहरु,विद्यार्थीहरु, शिक्षकहरु तथा अभिभावकहरुको पनि ठुलो सहयोग थियो । विद्यालयमा अतिरिक्त क्रियाकलाप, विद्यालय जन्मोत्सब लगायतका क्रियाकलापहरु थालनी गरी विद्यालयको समग्र उन्नती र प्रगति गर्नमा निरन्तर लागिरहे ।
विसं. २०५५ साल वैशाख ८ गते यमुनानन्द नमुना निम्न माध्यमिक विद्यालय सेरीगाउँमा सरुवा भएँ । यस विद्यालयमा सरुवा हुनुमा तत्कालीन एमाले जिल्ला सचिव तथा विद्धान अधिवक्ता स्व. यदु गौतमले सूचना दिने काम गरी सरुवाको लागि पहल पनि गरिदिनुभयो ।
तत्कालीन विव्यस अध्यक्ष कुमारजंग मल्लले मलाई विश्वास गरेर सरुवा गराउनु भयो । यी दुईजनाको गुण मेरा लागि अविष्मरणीय छन् । सुरतजंग मल्लले यस विद्यालयमा विव्यस अध्यक्ष भएर विद्यालयको स्तरोन्नति गर्नमा सक्रियताका साथ लाग्नुभयो । उहाँकै पालामा र मेरो प्र.अ.को कार्यकालमा माध्यमिक र उच्च माध्यमिक तह सम्मको स्तरोउन्ती गरीयो त्यस समयमा मावि तहको कक्षा संचालन गर्न भवनको अभाव भएकाले तत्कालीन जिविस सभापति खेममान खड्का, उप सभापति ठगेन्द्रप्रकाश पुरी, र स्थानीय विकास अधिकारी भरत कुमार शर्माले ठुलो सहयोग गर्नु भएको थियो । पठनपाठनमा खड्कबहादुर कुँवरले सुरुमा मावि तहमा , गणित तथा विज्ञान विषयहरु पढाएर सहयोग गर्नु भएको थियो । तिहारको समयमा भैली खेलेर शिक्षकहरुलाई तलब खुवाउने काम पनि गरियो । विद्यालयलाई मावि स्थापना गर्दा ठुलै आर्थिक सङ्कट व्यहोर्नु परेको थियो । विद्यालय स्थापना गर्ने यमुना बाबाको इतिहासलाई ताजा राख्न शालिक स्थापना गर्ने काम गरियो । अहिले विद्यालयमा पुराना संरचनाहरुलाई पुरै नयाँ संरचनाको रुपमा विकास गरिएको छ । वि.सं. २०६६ सालमा विद्यालयको स्वर्ण जयन्ती मनाउने काम पनि गरियो । यस अवसरमा विद्यालयको स्मारिका प्रकाशन गरी विद्यालयको इतिहासलाई लिपीवद्ध गर्ने महत्वपूर्ण काम गरियो ।स्वर्ण जयन्ती मनाउँदा केदारसिंह गौतम लगाएत अन्य गाउँका महानुभावहरुको महत्वपूर्ण योगदान थियो । हाल आएर २०७६ सालमा मनाउनु पर्ने हीरक जयन्ती विश्व महामारीको रुपमा फैलिएको संक्रामक रोग कोभिड १९ का कारणले मनाउन सकिएन । वर्तमान मुसिकोट नगर प्रमुख देवीलाल गौतमले २०६४ देखि विद्यालयमा निरन्तर सहयोग गर्दै आउनु भएको पनि छ । विद्यालयको भौतिक संरचनाहरु निर्माण गर्ने काम पूर्व विव्यस अध्यक्ष महेन्द्रराज गौतमको पनि ठुलो योगदान छ । हाल सम्म सबै सबै व्यक्तिहरुको सहयोग पनि रहदै आएको छ । यमुनामा रहेकै अवस्था मावि तहमा स्थायी भए र समाजशास्त्रमा स्नातकोत्तर पनि गरे। विगत २० वर्ष देखि निरन्तर प्रअको जिम्मेवारी वहन गरिरहेको छु ।
७, मेरो जीवनका प्रेरणाका स्रोतहरु
पहिलो प्रेरणाका स्रोत त मलाई जन्म दिने आमा नै पर्नु हुन्छ । उहाँमा भएको धैरियता, इमान्दारीता सहनशिलता र अरुलाई गर्ने सहयोग भवना मेरा लागि प्रेरणाको प्रमुख स्रोत हुन । उहाँले हामीलाई छोडेर गएको २५ वर्ष भन्दा बढी भइसक्यो तर पनि उहाँको अभाव र आवश्यक्ता खडकि रहरन्छ । संयोगले आज परेको उहाँको श्राद्धमा आमा प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु । मेरो जिवन सिकाइमा अनुशासनको ट्याकमा ल्याउने चुडामणी गौतम, हाजिरी जवाफका कुराहरुमा प्रेरीत गर्ने गुरुप्रसाद शर्मा, सँधै पढ्दै अगाडी बढ्नुपर्छ भन्ने हौसला बढाउने डा. दीपक गौतम, राजनीतिक सिद्धान्तको विजारोपन गर्न सिकाउने नन्दलाल शर्मा, भक्तबहादुर के.सी., भुवनेश्वर उपाध्याय, टिकाराम उपाध्याय लगायत गाउँघरका सवै अग्रजको अमूल्य सहयोगहरु मेरा प्रेरणाको स्रोतहरु हुन । मेरो जीवनमा श्रीमती हृदय पौडेल र छोराहरु लगायत अन्य परिवारका सदस्यहरुको साथ सहयोगले ले पनि मलाई ठुलो महत्वपूर्ण स्रोतको काम गरेको छ । विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको पनि साथ सहयोग हुँदै आएको छ । शिक्षक पेसामा लागेको अवस्थामा शिक्षकको पेशागत संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्लाको अध्यक्ष रहदै केन्द्र सम्मको पनि नेतृत्व गर्ने अवसर पाए । जिल्लाको हकमा जिल्ला शिक्षा समिति, जिल्ला परीक्षा समिति लगायतका विभिन्न कार्यदलका पदहरुमा पनि काम गर्ने अवसर पाए ।
जिल्ला लगाएत राष्ट्रिय स्तरको शिक्षा पुरस्कार पनि प्राप्त गरे।हजारौं विद्यार्थीहरुको आसा भरोसाको केन्द्र पनि बने हूँला,सयौं शिक्षकरकर्मचारीलाई नेतृत्व प्रदान गरे हूँला। त्यसैले आजको दिनमा पुगेको शिक्षण पेशाको ३८ औं वर्ष सफल रहेको महशुस गरेको छु र अहिले शिक्षण पेशामा संलग्नता भएकोमा गर्वको अनुभुती गरेको छु। यद्यपि देशको शैक्षिक परिवर्तन मा होस वा राजनीतिक परिवर्तन गर्नमा अग्रमोर्चा रहेका शिक्षकहरुलाई भने ०४६को परिवर्तित सरकार वा ०६२र०६३पछिका सरकारका दृष्टिकोण पन्चायत कालिन अवस्था झै रहेको तितो अनुभुती भने अवस्य रहेको छ । अन्तमा यमुनानन्द नमुना विद्यालयका संस्थापकहरु स्व. होमजंग मल्ल, स्व. टोपजंग मल्ल, स्व.स्कन्ध शर्मा, स्व. दीपेन्द्रबहादुर मल्ल, स्व. इन्द्रबहादुर मल्ल, स्वड्ड इन्द्रलाल शर्मा संस्थापक प्रधानाध्यापक शिवकुमार शर्मा र स्व.शशीराम गौतमलाई सम्झन चाहन्छु ।
