तारा प्रसाद खड्का (रेडस्टार)
जाउ बाबु जाउ अब तिमि स्कुल जानुपर्छ ।
बा आमा र गुरुले भनेको संधै मान्नुपर्छ।
झगडा होईन रमाइलो कुरा मात्र गर्नुपर्छ।
पढिलेखी बा आमाका सपना पुरा गर्नुपर्छ ।
बाबु तिमिनै बा आमाको खुसीको आधार हो ।
सुनत तिमिनै भोली देशको कर्णाधार हो।
त्यसैले तिम्रो अनुहार संधै हसिलो हुनुपर्छ ।
बोली बचन तिम्रो संधै रसिलो हुनुपर्छ ।
४ बर्ष पहिले हिड्न खोज्दा कति धेरै लडेथ्यौ ।
तिमि तातेताते गरि बोल्न खोज्दै अघि बढेथ्यौ ।
जाउ बाबु स्कुल तिमी नै हो यो देशको भविश्य ।
जानिराख प्रयास गरीराखे सफल भईन्छ अवश्य ।
किनकि यो धर्ति तिम्रै हो ,कोही पराइ छैन ।
हुनुपर्छ आत्मविश्वास असम्भव भन्ने केही छैन ।
यदि धर्ति नै सङ्कटमा पर्यो भने बचाउनुपर्छ ।
आफु हासेर मात्रै यहां अरुलाई हसाउनुपर्छ ।
तिमि अहिलेको कोपिला फुलेर सुंगन्ध छर्नुपर्छ ।
तिम्रो हृदय माया , प्रेम र करुणाले मात्र भर्नुपर्छ ।
तिमिले जिन्दगिमा संधर्षका हजार नदि तर्नुपर्छ ।
सधै सबैलाई माया अनि सम्मान मात्रै गर्नुपर्छ ।
बुझ्नु तिमि फुल पनि ओइलियर झर्नुपर्छ ।
त्यो भन्दा पहिले उस्ले वरिपरि सुगन्ध छर्नुपर्छ ।
धु्रब सत्य ,मान्छेपनि जन्मेपछि एकदिन मर्नुपर्छ ।
त्यसैले मर्नुभन्दा पहिले केहि राम्रो काम गर्नुपर्छ ।
पछाडि होईन अब सधै अगाडि मात्र बढ्नुपर्छ ।
अब पढिलेखी ज्ञानको ज्योति तिमिले छर्नुपर्छ ।
जाउ बाबु जाउ अब तिमि स्कुल जानुपर्छ।
बा आमा र गुरुले भनेके संधै मान्नुपर्छ ।
