मुस्कान पाख्रीबास
धनकुटा
१,
फेसबुकमा एउटा मिल्ने मित्र छ गुन्द्रुक साधेर ।
हरदम उ मेरो धड्कन भित्र छ गुन्द्रुक साधेर
अफलाइन हुँदा यादका सुनामी यति पठाउँछ,
त्यसैले वालपेपरमा उसकै चित्र छ गुन्द्रुक साधेर।
२,
मुहार फरक भए पनी नाता छुटाउँछ खुनले
जति महँगो होस् चाँदीको काम गर्दैन सुनले।
तिमी भन्दा करोडौं गुणा सस्तो हुदाँ हुंदै पनी,
जगत भरीको बजार भाउ ओगटेकैछ नुनले।
३
यो संसार भरीको मानब जाली छ ।
र’त यो चेलीको सिउँदो खाली छ
न्याय दिने कार्यालय पैसामा बिक्छ,
र’त अपराधीलाई अदालतमा ताली छ ।
४,
पागल पिरतीले तिम्रो दानव मुटु अब चर्किनेछ ।
सधै मठमन्दिर जान थालेको छु दिन फर्किनेछ ।
यसरी एक्कासी चोखो मायालाई लत्याँएर जादाँ,
स्वयम् भाग्यले त माथी मृत्युको बिष छर्किनेछ ।
५
त्यो जोगीलाई सबैको घरमा धेरै सिदा होस्।
यहाँ आउदा चाही मलाई हेर्दाई फिदा होस्।
संसारमा पहिलो चोटी परी देख्न पाए भन्दैं,
रुपको तारिफ गर्दै मुस्कान दिदै बिदा होस्।
६
गल्ती भएछ सम्झाउ समाधान लातमा हुन्छ’र?
मन्दिर भित्र छिर्न नपाउने कुन जातमा हुन्छ’र?
दोषी को हो छानबीन गरेर अघि बढाउ,
राष्ट्रको नियम,कानुन व्यक्तिको हातमा हुन्छ’र?