रामप्रसाद खड्का
वि.सं. २०१३ सालमा प्रधानमन्त्री श्री टंक प्रसाद आचार्यको अध्यक्षतामा प्रशासन सुधार योजना आयोग गठन गरि यसै आयोगको सिफारिस अनुसार निजामती सेवा सञ्चालनको लागि तथा निजामती सेवालाई बढी सक्षम, सुदृढ, सेवामुलक र उत्तरदायी बनाउन निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धी व्यवस्था गर्नको लागि प्रशासन सुधार योजना आयोगको गठन गरिएको थियो ।

उक्त सिफारिस बमोजिम निजामती सेवा सञ्चालनका लागि सर्वप्रथम निजामती सेवा ऐन, २०१३ र निजमाती सेवा नियमावली, २०२१ तर्जुमा गरिएको थियो । २०१३ को ऐन पश्चात् निजमाती सेवा ऐन २०४९ जारी गरियो भने नियमावलीको रुपमा निजामती सेवा नियमावली २०२१ पश्चात् निजामती सेवा नियमावली २०५० जारी भएको हो । निजामती सेवालाई मुख्यतया राज पत्रांङ्कित र राजपत्र अनंङ्कित गरी २ भागमा बाडिएको छ । वर्तमान परिवेशमा निजामती सेवा भित्र– नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, नेपाल इञ्जिनियरिङ्ग सेवा, नेपाल कृषि सेवा, नेपाल न्याय सेवा, नेपाल परराष्ट्र सेवा, नेपाल प्रशासन सेवा, नेपाल लेखा परिक्षण सेवा, नेपाल वन सेवा, नेपाल शिक्षा सेवा र नेपाल विविध सेवा गरि १० ओटा सेवाहरु रहेका छन् । यी सेवा हरुलाई ५२ समूह र ४१ उप समूहमा समेत बाँडिएको छ । निजामती सेवालाई पहुँच, योग्य र समान उपस्थितिको लागि निजामती सेवा ऐन २०४९ को दोश्रो संशोधन मिति २०६४ श्रावन २३ गते का दिन निजामती सेवालाई समावेशी बनाउने उद्येश्यले खुल्ला प्रतियोगिता द्वारा पूर्ति हुने पद मध्ये ४५ प्रतिशत पद छुट्याई सो प्रतिशत लाई सत प्रतिशत मानी महिला, आदिवासी÷जनजाति, मधेशी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्र गरी ६ ओंटा आरक्षणहरुको व्यवस्था गरिएको छ ।
निजामती सेवाको पद तथा श्रेणी भित्र कर्मचारी पदपूर्ति गर्न खुल्ला प्रतियोगिता, कार्य क्षमताको मूल्याङ्कन, आन्तरिक प्रतियोगिता तथा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवाको समायोजन मार्फत पदपूर्ति गर्ने गरिन्छ । यसै गरी लोकसेवा आयोगलाई व्यवस्थित, पक्षपात रहित र जनअपेक्षामुखी बनाउनको लागि हाल निरन्तर रुपमा प्रयोग भई राखेको संविधान २०७२ को भाग २३ को धारा २४२ मा पनि लोकसेवाआयोगको गठनको बारेमा उल्लेख गरिएको छ । तसर्थ निजामती सेवाको गठन नै जनतामा सेवा प्रवाह गर्ने र सरकारका निर्णयहरु जनता सम्म पुर्याउने उद्देश्यले गरिएको हो । यतिमात्र नभै कर्मचारी को भरणपोषणको आधार पनि जनताकै कर हो । त्यसैले कर्मचारीलाई जनताको सेवक पनि भनिएको छ । राजनितिक रुपमा तटस्थ, जनताको सेवामा समर्पित निजामती सेवा स्थायी सरकार हो, यो देशको मेरुदण्ड हो । जसले हरेक प्रकारका प्रशासनिक क्षेत्रहरुको सञ्चालन गर्ने गर्दछ । साथै दैनिक क्रियाकलाप सञ्चालन गर्ने निकायको रुपमा निजामती सेवालाई लिइन्छ । नेपालको इतिहासलाई हेर्दा राजनीतिक पहुँच, लुट प्रणाली तथा घुसखोरि विभिन्न पद्ध्तिवाट कर्मचारि भर्ना गर्ने प्रणालीलाई भङ्ग गर्दै हाल योग्य व्यक्ति छनोट गर्ने काम लोकसेवा आयोगले गर्दै आएको छ । राज्यलाई प्रभावकारितामा मोड्न निजामती सेवाको कार्यसम्पादन अनुसार हुने गर्दछ । नेपालमा वर्तमान परिवेश सम्म हेर्दा भद्दा अनि खराव आचरणका केहि कर्मचारितन्त्रको कारण जनताले अपेक्षा गरे अनुसारको सेवा अनि देशले निश्चित लक्ष्य प्राप्त गर्न सकेको छैन् । सक्षम युवाहरु यो सेवा भित्र आर्कषित भएका युवाहरु प्नि छोटै समयमा शिथिल बन्नु, विभिन्न खाले लोभलालचमा युवा पिढि समावेश हुन वाध्य हुनु जस्ता तमाम समस्याहरुले सवल र सक्षम निजामती सेवाको परिकल्पना गर्न कठिन भएको छ ।

जनताको आकलन अनुसार निजामती कर्मचारिहरुलाई दुई तरिकावाट विभाजन गरिएको पाईन्छ । एक तरिका सबै कर्मचारिहरु खराव छन् अर्को तरिकामा केहि कर्मचारिहरु असल छन् । सर्वसाधारणको जस्तो सुकै मूल्यांकन भएतापनि प्रायजसो निजामती कर्मचारिहरु राष्ट्रसेवामा जस्तो परिस्थिति आईपरे पनि निडर र गतिशिल रुपमा लाग्ने गर्दछन् । धेरै सेवाग्राहिहरुले भन्ने गर्दछन् निजामति कर्मचारिहरु देशका सेवक हुन । निजामती कर्मचारलिाई कम पारिश्र्रमिक तथा सेवा सुबिधा दिनु, गैँरकानुनी कार्य गर्न दवाव दिनु, प्रक्रियामुखि कार्यपद्ति लागु गर्न नदिनु, सेवा सुविधामा एकरुपता नहुनु, कार्यलयमा विदाको व्यबसथापन दर्वन्दि मिलानमा समस्या देखिनु यि थुप्रै समस्याहरुले गर्दा पनि निजामती कर्मचारहिरुले अधिकांश जनताहरुले अपेक्षा गरेअनुरुपमा सेवा दिन सकिरहेका छैनन् । निजामती सेवाले झन्डै ६ दशक यात्रा पुरा गर्दै सात दशक को यात्रामा पुग्ने तत्खर गरिरहेको बेला यसले जनस्तर वा सेवाग्राहीमा के कस्तो प्रभाव पार्न सक्यो र आफूँलाई जनताको नजरमा कसरी स्थापित गर्न सक्यो भत्रे विषयमा गहिरो र निर्मम आत्म समिक्षा हुन जरुरी छ । । “निजामती सेवाप्रतिको जन अपेक्षा” जनताले चाहेको छिटो छरितो सेवा र भ्रष्टाचार मूक्त प्रशासन नै हो । तर जनताका अपेक्षा र निजामती प्रशासनको काम गर्ने शैली बीच तालमेल मिलेको पाईंदैन । सेवाग्राहीको गुनासो वा कमजोरी भनेको नेपालको निजामती सेवा जनमैत्री र सेवामुखी बत्र सकेन भत्रे हो । केही प्रतिशत निजामती कर्मचारीहरुले जनताको तहमा निजामती सेवा प्रवाह सकारात्मक तरिकाले गरेतापनि धेरै जसो निजामती कर्मचारीहरु जनताको तहमा निजामती सेवाप्रति सकारात्मक धारणा दिन सकिरहेका छैनन् । जनतामा जुन किसिमको प्रभाव पार्नु पर्ने निजामती प्रशासनको कार्यशैलीनै प्रमुख समस्या को रुपमा देखिन्छ । सेवाग्राही वा जनताका हरेक कुरालाई र उनीहरुको मनोआकांक्षालाई बुझ्दा हरेक चियापसल र हरेक चौतारीहरुमा साथै ग्रामीण ईलाका देखि सहरी इलाका सम्म हुने सरकारी सेवा लिनको लागि कर्मचारीहरुबाट पाएको सास्ती र हैरानीलाई साँचो कथाका रुपमा सुन्ने गरेको पाईन्छ ।

साथै कहिले काहीं पत्र – पत्रिका; रेडियो र विभित्र टेलिभिजनहरुबाट भनौ या सञ्चार माध्यमहरुबाट धेरै खालका गुनासाहरु सुनिएका छन् । यति मात्र नभई सेवाग्राहीहरुले आफूँले अपेक्षा गरेको सुशासन र प्रदान गरिने सेवाको प्रभावकारितामा चित्त नबुझी विभित्र किसिमका मौखिक गुनासाहरु, धारणाहरु र आन्दोलनहरु समेत गरेको पाईन्छ । निजामती सेवाप्रतिको जनअपेक्षा भनेको सवल प्रशासन र स्वच्छ प्रशासन हो, जनमुखी नागरिक प्रशासन हो, पारदर्शिक प्रशासन हो र जनताको लागि जनसेवामुखी प्रशासन हो । सेवाप्रतिको जनअपेक्षा आज वरदान नभई पाप समेत साबित भएको जनताहरुको मनोआकांक्षा बुझिएको छ । निजामती सेवामा कार्यरत कर्मचारीहरु शिष्ट र नम्र व्यवहार अनि सेवाग्राहीको अधिकारभित्र नरही चर्को बोली, घमण्डी र व्यक्तिगत स्वार्थमा मात्र कामकाज गरिरहेको सेवाग्राहीले तितो अनुभूति व्यक्त गर्ने गरेको पाईन्छ । नेपाली उखान अनुसार “एउटा सड़ेको आलुले टोकरीमा रहेका सयौं राम्रा आलुहरुलाई सड़ाईदिन्छ” भनेझैं हाम्रो देश नेपालमा पनि जनताको अपेक्षा अनुसार जनतालाई सम्मान र सेवा, सुशासनलाई टेवा गर्ने खालका धेरै प्रतिशत निजामती कर्मचारीहरु भएतापनि जनअपेक्षाको र निजामती सेवा ऐन र नियमावलिको विपरित काम गर्ने निजामती कर्मचारीहरु पनि रहेको हुँदा जनअपेक्षा प्रति राम्रा कर्मचारीहरुलाई उदास, चिन्ता अनि निराशापन बनाएको पाईन्छ । अझै भत्रे हो भने निजामती सेवाप्रतिको जनअपेक्षा भनेको जनमुखी प्रशासन होस् ! अनुशासन र सुशासन होस् ! सुशासन र सदाचार होस् ! यी तमाम कुराहरुमा जनताहरुले आशा गरिरहेका छन् निजामती प्रशासनलाई अब कसरी जनमैत्री र सेवामुखी बनाउने भत्रे बारेंमा गम्भीर छलफल र बहस गरी उक्त छलफल र बहस बाट आएका सकारात्मक कार्यहरुलाई कार्यान्वयन गर्न जरुरी छ । आज विश्व बजार संगै नेपालमा पनि आधुनिक प्रविधि भित्री सकेको र अन्य क्षेत्रको सेवा प्रवाहमा समेत त्यसको प्रयोग भईरहेको सन्दर्भमा निजामति प्रशासनले आधुनिक प्रविधिसँग घुलमिल हुने साथै जानकार हुने र यसलाई उपयोग गर्ने कुराको अनुशरण गर्न सकिरहेको छैन ।

सेवाको अन्य क्षेत्रबाट छिटो, छरितो र प्रविधिमैत्री सेवा पाएका जनता सरकारी कार्यालय वा अड्डामा पुग्दा आफूँहरु हैरान र निराशा हुने गरेको बताउँछन् । एउटा नेपाली भनाई अनुसार कुनै बेला कुनै कार्यालयका हाकिमले भन्थे रे कि एघार बजे हुँदैन लेट, दुई बजे हुँदैन भेट ! भत्रुको तात्पर्य हाकिम कार्यालय एघार बजे आउँछन् दुई बजे कार्यालय छोड्छन् भन्न खोज्नु नै हो । यसका अतिरिक्त सरकारी कार्यालयमा सेवा लिन जाँदा घन्टौं कुर्नु पर्ने सट्टा थोरै समय कुर्नु पर्ने, ढिला सुस्ती काम बन्नु को सट्टा छिटो छरितो काम बन्ने, कर्मचारी कार्यालय समयमा नभेटिनु को सट्टा कार्यालयमा समयमा भटिने, जिम्मेवारी पन्छाउने कर्मचारीले जिम्मेवारी वहन गर्ने, भोलि–भोलि काम गरौंला भत्रे कर्मचारीले आजै काम गरौं यस्ता तमाम काम अनि कर्तव्यहरु निजामती कर्मचारीहरुले वहन गरुन् भत्रे अपेक्षा सेवाग्राहीहरु वा जनताहरुको आशा रहीरहेको छ । तर पनि निजामती सेवामा सबै भ्रष्ट र गैर जिम्मेवारी व्यक्ति छन् भत्रे अवश्य होइन् थुप्रै राम्रा काम गर्ने निजामती कर्मचारीहरु पनि यसभित्र रहेका छन् । तर नराम्रो थोरै चिजले राम्रो धेरै चिजलाई बिगार्ने गर्दछ भन्ने कुरा हामि सबैमा अवगत नै छ ।

निजामती सेवामा पनि अहिले भएगरेको कार्य यही हो । निजामती प्रशासन भित्र को मुख्य समस्याको कुरा गर्दा शासन व्यस्थाको मुल्य र ती मान्यता को सोचाई बुझाईमा कमी, आधुनिक राज्यको अवधारणा र दायित्व बदलिएको समय र प्रविधि सँगसँगै हासिल गर्नुपर्ने तमाम खाले ज्ञान र सिपको कमी, जवाफदेहिता र उत्तरदायित्वको कमी आदि जस्ता कुराहरु निजामती सेवामा अभाव को रुपमा देखिएको पाइन्छ् । सबै भन्दा ठूलो कुरा जिम्मेवारीको बोध तथा आफूँले गर्ने काम कर्तव्य र अधिकार लाई स्पष्ट रुपमा व सकेमा आफैँ जनताले अपेक्षा गरेका हरेक कार्यहरु सम्पत्र हुन सक्दछन् । विगत पञ्चायती व्यवस्था देखि काम गर्दै आइरहेको ठूलो शक्ति अहिले संघिय गणतन्त्रात्मक व्यवस्थामा पनि निरन्तर काम गर्दै आईरहेको छ । काम गर्दा पहिल्याउनुपर्ने विधि, निति, नियम र कानून नै बदलि सकेको छ । नयाँ–नयाँ प्रविधिहरु भित्रिएका छन । सेवा प्रवाहमा निजी एवम् वित्तिय क्षेत्रलाई सुव्यवस्थित र सुदृढ रुपमा प्रयोग गर्ने व्यवहार विधि पनि आएको पाईन्छ । यसै अनुरुप नै जनताको अपेक्षा पनि बढेको पाईन्छ । तर निजामती सेवा सोही अनुरुप रुपान्तरित हुन र परिवर्तन हुन भने सकि रहेको पाईदैन । यदि निजामती कर्मचारीहरुले पनि जनताको अपेक्षा अनुरुपको कार्य गरिरहेको भए जनताहरुले निजामती कर्मचारीको वकालत गर्दै हिड्थे होला त? जब हरेक वर्ष बजेट भाषणको समय आउँछ, त्यस बेला सबै सेवाग्राही जनताहरुको स्वर एउटै तवरले भन्छन् यी भ्रष्टाचारी कर्मचारीहरुको सेवा सुबिधा बढाउनु हुँदैन ।

कर्मचारी प्रति जनताको यो हद सम्मको प्रतिक्रिया निजामती सेवाको लागि भने घातक समस्या का रुपमा सावित भएको पाईन्छ । हो यस्तै अन्तरदृष्टि र अन्तरद्वन्दबाट नेपालको निजामती सेवा गुज्रिरहेको छ । हाम्रो देश नेपालमा कानूनहरु धेरै बनि सकेका छन् । तर कार्यान्वयन भने कहिलै भएनन्, प्रशासन सुधारका ठेलीहरुको चाङ्ग उकालो लाग्न थाल्यो तर नेपालको निजामती प्रशासन भने निरन्तर ओरालो लागिरहेको छ । अनि कसरी जनताको अपेक्षा अनुसारको कार्यहरु बन्न सक्छ ? हाल निजामती सेवामा आबद्ध कर्मचारीहरुलाई सार्वजनिक क्षेत्रमा सुशासन कायम गर्ने, सार्वजनिक सेवालाई उपभोक्ता केन्द्रित बनाउने, कानून द्वारा नै तोक्ने, सूचना व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउने, सरकारी कार्यलाई छिटो–छरितो सरल र मित्यवयी अनि दुरुस्त बनोस् भन्ने नै मुख्य कुरा जनताको अपेक्षा हो । जनमुखी प्रशासन, अनुशासन र सुशासन, सेवामैत्री प्रशासन, संघियतामा सुशासन कायम गर्दै निजामती कर्मचारीहरुले हर तह र तप्काबाट सेवा गर्दै समृद्ध नेपाल, समुन्नत नेपाल अनि सुखी नेपाली निर्माणमा थप बुद्धि र विवेकको प्रयोग गरी उक्त परिकल्पनाको निर्माणमा स्तम्भ वा खम्वा बनेर देशलाई सुदृढतिर लान सहयोग गर्ने काम निजामती कर्मचारीले गरुन् भन्ने अपेक्षा वा आशा पनि जनता हरुको रहेका पाईन्छ । सरकारी सेवा सुविधा र निर्णयहरु जनता सम्म पु¥याउने र जनताका माग तथा तमाम समस्याहरु सरकारसम्म पु¥याउने काममा जनता र सरकारबिच पुल वा मध्यस्थताको काम गर्ने निजामती सेवाले जनताको मन जित्न न सकेको कुरालाई आत्म मूल्याङ्कन गर्न जरुरी छ । जनताहरुले आफ्ना कर्मचारीहरु प्रति हिनता होइन गर्व गर्नु पर्दछ र त्यस्तो वातावरण बनाउने काम पनि कर्मचारीहरुकै हुन आउँछ ।
अहिले जनताहरुको एउटै मूल्याङ्कन कर्मचारीप्रति कर्मचारी भनेपछि जनताको नाक ठाडो पार्ने होइन खुम्च्याउने अवस्था रहेको छ । त्यो सबै कारण जनताकै श्रम अनि पसिनालाई कालोबजारीमा बेचिदै छ, जनताकै करमा भ्रष्टाचार अनि छलकपट गरिदैछ । तसर्थ जनताहरु निजामती कर्मचारी भन्दा जनता मनमनै गाली गर्न थालि सकेका छन् । हामिले जतिसुकै दाबी वा हावी गरेतापनि जनताको नजरमा नेपालको निजामती सेवाको प्रतिविम्ब राम्रो रहेको पाईँदैन एक प्रकारले भन्ने हो भने बदनाम नै भैसकेको छ । जनताले अपेक्षा गरेको सेवा निजामती सेवाबाट पाएका छन् र निजामती सेवाबाट जनता सन्तुष्ट छन् भनेर भनियो भने गलत हुने अवस्थामा नेपालको निजामती सेवा पुगि सकेको छ । यसको गहिरो र फराकिलो रुपमा समिक्षा गरि जनताको अपेक्षा अनुरुप नेपालको निजामती सेवा प्रवाह गर्न अत्यन्त जरुरी रहेको छ ।

निजामती सेवाको छ दशक लामो समयावधि पार गरी सात दशक सम्म पुग्दै गर्दा पनि जनताको एउटा उखान नै सुन्न सकिन्छ । जताततै सरकारी काम ! कहिले जाला घाम ! नेपालको निजामती सेवाले जनताबाट पाएको सम्मान वा एउटा उपाधि नै यही साबित भएको छ । जनताले निजामति सेवामा कार्यरत हरेक श्रेणी विहिन कर्मचारी देखि राजपत्रांङ्कित प्रथम श्रेणी सम्मका कर्मचारीहरुको यो अपेक्षा गरिरहेका छन् कि साथै मठ मंन्दिरमा पनि देवता पुकारदै भन्दछन् कि हे प्रभु ! नेपालका निजामती कर्मचारीहरु ढिलासुस्ती, घुसखोरी, शासक प्रवृत्ति जस्ता खराब आचरणमा लागि सकेका छन् ; यिनलाई बदलि असल कर्मचारी बनाईदेऊ भनेर भगुवाण लाई समेत पुकारिरहेको समेत पाईन्छ । जनताले अपेक्षा गरे अनुरुप बानी लाई व्यवहारमा रुपान्तरण गर्न सिक्नु नै आजको निजामती कर्मचारीको अपरिहार्य आवश्यकता हो । निजामती सेवालाई व्यवसायी, जवाफदेहि र उत्तरदायी बनाउन सबै भन्दा पहिले यस भित्र रहेका तमाम खाले सम्पूर्ण विकृति र बेथितिहरुको अन्त्य गर्न जरुरी रहेको देखिन्छ । जनताले सोचिरहेको जुन खाले निजामती कर्मचारीको सेवा सुविधा हो आज जनतालाई त्यही सेवा सुविधा दुविधा भएको अपेक्षा गरि रहेका छन् । निजामती सेवा भित्र कर्मचारीहरुले बाह्य वा आफूँभित्र रहेका आन्तरिक सबै खाले खराब आचरणहरुको कालो पर्दालाई बन्द गरि एउटा नयाँ रुपान्तरित सफा पर्दालाई जनअपेक्षारुपी भावनामा फैलाउन र दौडाउन सक्नुनै मुख्य आवश्यकता रहेको देखिन्छ ।

पछिल्ला केहि दशक यता कर्मचारी ट्रेड युनियनका कारण पनि निजामती सेवाले बाटो विर्सिएको र काममा भन्दा संगठन र सुविधामा कर्मचारीहरु केन्द्रित भएको आरोप जनस्तरबाट आउने गरेको छ । बरु ट्रेड यूनियनको अभ्यास, प्रशासनिक अव्यवस्था र व्यवधानका लागि नभई पेशागत सुरक्षा, हित र जनहितमा केन्द्रित गराएर सुनमा सुगन्ध हुने अपेक्षा जनताहरुको रहेको पाईन्छ । प्रशासन सुधारका कुराहरु पनि कागजरुपी पानामा मात्रै सिमित हुनु अर्को विडम्बना रहेको छ । यति धेरै आयोग र समितिहरु नामको लागि पक्कै पनि बनेका होइनन् होला । निजामती सेवा भित्र असिमित मात्रामा समस्याहरु छन् र यसमा सुधारको आवश्यकता छ भनेर नै धेरै र विभिन्न खाले आयोगहरु र समितिहरु बन्न पुगे जुन कामको मार्गदर्शन बनोस् भन्ने हेतूले नै बनेका होलान् । तर विडम्बना भन्ने कि लापरवाहीको कारण सुझावहरु कार्यान्वयन नभएर उल्टै आयोग र समितिहरुनै समस्यामा परेको देखियो यस्तो स्थितिको र यस्तो अवस्थाको अन्त्य हुन नितान्त आवश्यक छ । अब कहिले हो सुधार गर्ने ? ढिला भईसकेको छ । कागजी सुधार होइन अब व्यवहारिक सुधार हुनुपर्ने जनताहरुको अपेक्षा रहेको पाईन्छ । निजामती कर्मचारिहरुलाई जनअपेक्षा मुखि बनाउन कर्मचारिहरुको निश्चित संङखया एकिन गर्ने, सेवा सुविधाहरुमा पुनराअवलोकन गर्नु पर्ने, सरुवा तथा बढुवा सोझै लोकसेवा आयोग मार्फत गर्नु पर्ने, तलवमानमा प्रतिशत अनुसार एकिन गर्नु पर्ने, टे«ड युनियनहरुको व्यबस्थापन सहि पद्तिअनुसार गर्नु पर्ने, सेवा प्रवेश गरेपछि वृति विकासको लागि सिप विकास तालिम अनिवार्य उपलव्ध गर्नु पर्ने, तल्लो तहहरुमा लोकसेवा आयोग वाटै करारमा कर्मचाारि भर्ना गर्नु पर्ने, सेवाग्राहिहरुलाई विदुतिय साधनमा आधारित सेवा प्रवाह गर्नु पर्ने आदि जस्ता कार्यहरुलाई सफलरुपमा कार्यान्वयन गर्न सकेमा निजामती सेवा जनअपेक्षामुखि भई निजामती सेवा झनै उच्च शिखरमा पुग्ने देखिन्छ ।

निश्कर्षः
नागरिकलाई आफ्नो उपस्थिति र न्यायमा आधारित सुशान प्रदान गर्न राज्यले निजामती प्रशासनको व्यवस्था गरेको हुन्छ र तिनै कर्मचारीले मनाउने एक प्रकारको दिवश नै निजमती सेवा दिवश हो । अहिलेको परिवर्तित अवस्थामा राष्ट्रसेवक कर्मचारिले सेवाप्रति इमान्दार, कर्तव्यप्रति निष्ठावान, जनता प्रति उत्तरदायि साथै कानुन सम्मत रुपमा अगाडि बढ्नु नै निजामती सेवाको प्रमुख ध्येय हो । नेपालको निजामती प्रशासन सुशानप्रति अझ धेरै प्रतिवद्ध र नतिजामुखि हुनैपर्नेमा विज्ञहरुको जोड रहेको पाइन्छ । छिटो अनि छरितो र सहज तवरले सरकारी सेवा प्राप्त होस् भन्ने अपेक्षा जनताले राखेकाले राष्ट्रसेवक कर्मचारिहरुले पनि विना झन्झट समयमै स्तरिय र गुणस्तरिय सेवा दिएर आफ्ना कामकार्वाहिवाट जनताको मन जित्न सक्नुपर्दछ भन्ने सुझाव लाई पनि राष्ट्रसेवक निजामती कर्मचारिहरुले मनन गरि आत्म साथ लागु गर्न अनिवार्य आवश्यक रहेको जनताको अपेक्षा रहेको पाइन्छ । निजामती प्रशासनलाई कसरी जनमैत्री बनाउने वा कसरी सेवामुखी बनाउने भन्ने सवालमा संघ; प्रदेश र ्स्थानीय तह तिनै तहका कर्मचारी नेपाल देश अनि नेपाल आमालाई पुकारदै बदलिन जरुर छ । निजामती कर्मचारीहरुले प्रशासनलाई कसरी जनअपेक्षामुखी बनाउने भन्ने सवालमा हामी सबै एकपटक गम्भीर रुपमा सोच्न जरुरी छ । कम्तीमा पनि अब निजामती सेवामा प्रवेश गर्नेहरुले सिर ठाडो गर्न सक्ने नेपाली जनताले पनि सेवाको अनुभूति गर्न सक्ने अनि आफ्नो कर्मचारी प्रति गर्व गर्न सक्ने अवस्थाको श्रृजना हुनु पर्दछ । अन्त्यमा विभिन्न खाले ऐन, कानून, निति, नियम, कार्यविधि, आचार संहिता जस्ता निर्देशिका भएतापनि यसको पालना र कार्यान्वयन नहुँदा जनतामा कुनै पनि प्रभाव छेड्न सेकिएको छैन । जनताका अपेक्षा अनुसार व्यवहार हरुमा अनुभूति गर्ने र उनीहरुको महसूस गर्ने खालको प्रशासनको मार्गचित्र निर्माण गर्न जरुरी रहेको छ ।
बहस, पैरवी र आ–आफ्नो आत्म समिक्षाको मूल्यांङक्न गर्न नितान्त आवश्यकता छ । तमाम खाले समस्याहरुलाई सावधान गर्न सक्ने संघिय निजामती सेवा ऐन र नियमावलि बनाई निजामती सेवा अझैँ दु्रत गति मा अगाडि वढाउन सकेमा मात्र जनताको धारणा अनुसार वा अपेक्षा अनुसारको सेवा बन्ने छ । नेपालको निजामती सेवा दिवशको सार्थकतापनि यसैमा निर्भर रहने छ । नेपालको निजामती सेवा छि–छि र दुर–दुर को आलोचनाको विषय मात्र कहिले सम्म बनिरहने हो । फेरि नेपाली उखानमा “जति जोगि आएपनि कानै चिरिएका” भन्ने उखानलाई पन्छ्याउदै अब “केही न केही गरौं, समृद्ध र समुन्नत नेपाल निर्माणमा जनअपेक्षारुपी रुपान्तरित उन्नत खाले बिऊ छरौं” भन्ने मूल नारालाई आत्मविश्वास गरी रुपान्तरण अनि सुदृढिकरणको अभियान तँ, तिमी र तपाईँबाट होइन आफैँबाट भोलि गरौँला नभई आजै बाट शुरु गर्न सिकौँ भन्ने मूल ध्ये लिई निजामती कर्मचारीहरु ती जनअपेक्षाका भावनाको शिखर सम्म पुग्न अपरिहार्य छ । वास्तवमै “जनताले अपेक्षा गरे अनुसारको निजामती सेवा, ग्रामीण ईलाकादेखि शहरसम्मको ७ प्रदेश ७७ जिल्ला सम्म टेवा” हुन नसक्ने दुई मत रहँदैन ।

साथै नेपालको संविधान लागु भए पश्चात् नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय गरि तीन तहमा रुपान्तरण भएको छ । नेपालको संविधानको धारा २८५ मा नेपाल सरकारले देशको प्रशासन सञ्चालन गर्न संघीय निजामती सेवा र आवश्यकता अनुसार अन्य संघीय सरकारी सेवाको गठन गर्न सक्ने र त्यस्ता सेवाको गठन, सञ्चालन र सेवा शर्तहरु संघीय ऐन बमोजिम हुनेछ भन्ने प्रावधान छ । यही व्यवस्थालाई आधार मानी संघ प्रदेश तथा स्थानीय गरी तीन तहको प्रशासनिक संरचना अनुरुप सक्षम निजामती सेवा अगाडी बढेको छ । संघीयताका कार्यान्वयनको मूख्य चुनौतीको रुपमा रहेको निजामती सेवालाई नेपालको संविधानको धारा ३०२ को प्रावधान एवम् कर्मचारी समायोजन ऐन, २०७५ को व्यवस्था बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन सम्पन्न भएको छ । यसरी राज्यले सिमित समय सिमामा राष्ट्रसेवक कर्मचारीलाई माग एवम् दरबन्दीका आधारमा समायोजन गरी जनताले अपेक्षा गरे बमोजिमको सेवा प्रवाह एवम् विकास निर्माणको कार्यलाई गतिशील बनाउने प्रयत्न गरेको छ । यसैगरी निजामती सेवाले जनताको अपेक्षा र समयको परिवर्तन सँगै आफ्नो कार्यशैली र व्यवहारमा समेत परिवर्तन गर्दै ल्याएको छ । यसरी परिवर्तहरुलाई हेर्दा अनलाईन सेवा, अटोमेशन प्रणाली, टोकन प्रणाली, सार्वजनिक सुनवाई, क्षतिपूर्ति सहितको नागरिक वडापत्रको तथा श्रव्य दृष्य सहितको डिजिटल वडापत्र र सूचना पाटीको व्यवस्था, सूचना अधिकारी, गुनासो सुन्ने अधिकारी, हेल्प डेस्कको व्यवस्था, घुम्ती सेवा, एक द्वार सेवा प्रणाली, मोबाइल एप्सको प्रयोगमा विस्तार लगायतका अन्य व्यवस्थाहरुले निजामती प्रशासनलाई सक्षम, जनमूखी र सेवामुखी बनाउँदै लगेको पाइन्छ । निजामती सेवा तयार गर्न निजामती सेवालाई योग्यता प्रणालीमा आधारित, कर्मचारीको वृत्ति विकासको पूर्वानुमान,जनताको नजरमा उच्च सामाजिक प्रतिष्ठा कायम राख्न योग्य हुनुपर्दछ । त्यसका लागि समयानुकूल निति बनाउनु पर्ने, निजामती सेवामा राजनितिक हस्तक्षेपको स्थायी बन्ध्याकरण गर्ने, कर्मचारीको रुची क्षमतका आधारमा पदस्थापन गरी जिम्मेवारी तोक्ने, वस्तुनिष्ठ कार्यसम्पादन करार गरी कार्यसम्पादन मूल्याङ्कन प्रणाली सँग आबद्ध गर्ने, कर्मचारीमा दण्ड, सजायको व्यवस्था लागू गर्नुका साथै कर्मचारीमा प्रवृत्तिगत सूधार कायम गरी उच्च नैतिकता एवम् सदाचार पद्धति अवलम्बन गर्न सकेमा जनअपेक्षारुपी निजामती सेवा बन्न सक्दछ । त्यसैगरी राजनितिक र प्रशासनिक तह बीच कार्यक्षेत्र र अधिकार कोे स्पष्ट सिमाङ्कन गरी निजामती सेवालाई स्वच्छ र गतिशील बनाउन जरुरी रहेको छ । विश्वव्यापी अध्ययन अनुसंधान, एवम् अनुभव बाट प्रतिपादित सिद्धान्त र असल अभ्यासलाई सार्वजनिक प्रशासनमा अनुसरण गर्नुपर्दछ । कर्मचारी तन्त्रको विकल्पको समेत खोजी गरिएको यस अवस्थामा निजामती सेवाको विभित्र सुविधाहरु बढाउनु नितान्त आवश्यक छ । निजामती सेवा राजनितिक रुपमा तटस्थ, प्रशासनिक रुपमा सक्षम र सामुदायको सेवामा समर्पित, कर्मचारीहरुको समूहनै हो ।

देश संघीयतामा रुपान्तरण भए संगै निजामती सेवालाई सक्षम, सुदृढ, जनमुखी एवम् नतिजामुखी बनाउन संघीय इकाई विच जिम्मेवारी श्रोत, साधन र प्रशासनको साझेदारी गर्दै सार्वजनिक सेवाप्रति समर्पित हुँदै सुमधुर र सहयोगात्मक सम्बन्धको विकास र विस्तार गरेमा निजामती सेवा जनअपेक्षामुखी नहोला भन्न सकिँदैन । संघीय, प्रादेशिक निजामती सेवा ऐन तुरुन्त जारी गर्नुको साथै हाल निजमाती सेवामा रहेका विकृति एवम् विसंगतिलाई सधैका लागि अन्त्य गरी नविनतम मूल्य मान्यता, समृद्ध नेपाल र समुन्नत नेपाल निर्माणमा निजामती सेवाभित्रका राष्ट्रसेवक कर्मचारीहरु एकबद्धता भई हातेमालो गर्दै व्यवहारिक रुपमा लागि परेमा जनताले अपेक्षा गरेअनुसारको निजामती सेवा बन्दछ । अन्तयमा“ सवच्छ र सक्षम निजामती प्रशासन समृद्वि र सुशान ” भन्ने नाराका साथ मनाउदँै गरेको २०७७ सालको निजामती सेवा दिवसको अवसरमा समपूर्ण नेपालीहरुमा हार्दिक शुभकामना साथै यो कोरोनाको विषम महामारी वाट सवै सुरक्षित रहौँ सधैका लागि कोरोना विश्वबाट नै लुप्तभई त्रासपूर्ण वातावरणमा सबै प्राणिहरु बाच्न पाउ जय निजामती सेवा, जय देश । लेखक खड्का रुकुम पश्चिम सानीभेरी गाउँपालिका घर भई हाल स्वर्गद्धारी नगर शिक्षा,युवा तथा खेलकुद शाखा भिंग्री प्यूठानमा कार्यरत छन ।

 

फेसबुकमा प्रतिक्रिया दिनुहोस...