ई–कमर्श कम्पनीहरुले अब शर्त पूरा गरेर होम डेलिभरी सेवा दिन पाउने भएका छन् । होटल, रेष्टुरेन्टले होमडेलिभरी सेवा दिन पाउने भएका हुन् । सरकारले निषेधाज्ञा लागू भएको समयमा होम डेलिभरीलाई ब्यवस्थित गर्नको लागि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले ‘निषेध आदेशको समयमा अत्यावश्यक वस्तु तथा होम डेलिभरी गर्ने सम्बन्धी मापदण्ड–२०७७’जारी गर्दै सर्त सहित सेवा प्रवाह गर्न दिने भएको हो ।
डेलिभरीका लागि विभिन्न १५ शर्त जारी गदै भट्टको समितिले अनलाइन कम्पनी सेवा प्रवाह गर्दा सम्बन्धित निकायमा दर्ता भएको हुनु पर्ने, साइटमा बस्तु तथा सेवाको मूल्य अनिवार्य गरिएको छ । त्यस्तै सेवा प्रवाह गर्दा सरकारले तोको स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्नु पर्ने, ग्राहकको विवरण, विल बिजक,परिचय पत्र, डेलिभरी गर्नेको पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनु पर्ने प्राबधान राखिएको छ ।
तत्काललाई यो निषेध आज्ञाको समय सम्मको लागि जारी हुने भट्टले बताए । उनले भने, “अत्याबसेक बस्तुको सेवा प्रवाह गर्नको लागि मापदण्ड लागु गरिएको छ । भिडभाडको जोखिमलाई नियन्त्रण गर्नको लागि दिउँसो १ देखि बेलुका ७ बजेको समय छनोट गरिएको हो । यसले गर्दा खाजा तथा बेलुकाको खाना बाहिर मगाएर खानेहरुको लागि पनि सहजीकरण गर्ने छ ।”
होटल तथा रेष्टुरेन्टले होम डेलिभरी मार्फत सेवा प्रवाह गर्न पाउने (टेकअवे)तर खुल्ला गर्न पाउँने छैन् । कारोबार दैनिकबाट

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto