तारस घिमिरेका १० मुक्तक

Byआहा सञ्चार

२०७७ भाद्र २०, शनिबार ११:१६

१,

मेराे माया तिम्रो मुटु भित्र अट्ने भए
नजिकै अाउ मनका बाधा कट्ने भय
हैन भने याे सब नाटक किन गर्नु पर्याे
दुई दिन टाढा हुदा हाम्राे माया घट्ने भए

२,
मेरो साथमा नहुँदा धन दुःख पाएको छु
त्यसैमाथी लगाउछन वचन दुःख पाएको छु
हरेक पल सोच्छु धनी कसरी बन्न सकिन्छ?
कहिलै स्थिर हुदैन यो मन दुः ख पाएको छु


छु म अहिले बिरानो शहरमा
बोकेर सपना अनौठा रहरमा
गर्नुछ सयौँ सपना साकार
तर आज छु बाध्यता र कहरमा


ओठमा हाँसो धेरै थियो बाहिर छर्नसकिन
संसार स्वार्थीछ भनी कसैकोभर पर्न सकिन
यहाँ मेरो जीन्दगी नै बहसमा चल्ने क्रममा
फैसल्ला आउँला भनी कुरीबसे मर्न सकिन


साँचो र सत्य बोल्नेको मुख सिलाइन्छ यहाँ
पावर अनि पैसामा मुद्दा मिलाइन्छ यहाँ
कानुन अनुसार पाइँदैन हाम्रो देशमा न्याय
पीडितलाई हैन पिडकलाई न्याय दिलाइन्छ यहाँ


देख्नेले सोच्छन होला भाग्यमानी
के सुनाउ र यहाँ जीवन कहानी
मौका आउदा छाड्ने कोही छैनन
प्रहार गर्छन दुःख का दिन छानिछानी


धेरै पिए जहर आज मातै लागेन
मनको पीडा धेरै थियो कतै भागेन
शरिरमा फुर्ती आउछ भन्थे साथीहरु
मेरो शरिर उस्तै रह्यो केही जागेन


कोरोना कहर छ अपनाउनु सावधानी
मिचिमिची हात धुनु लगाई साबुनपानी
मनन गरौ स्वाथ्यका ती संन्देशहरुलाई
अब गर्नु हुदैन कसैले आफ्नै मनोमानी


कोही मान्छे कलात्मक र सिपालु हुँदारैछन्
कोहि भने गोमन सर्प झै विषालु हुँदारैछन्
भनिन्छ नि फलेको हाँगा निहुरिन्छ निरन्तर
तर यहाँ त भुईतिर नहेर्ने ठूलाठालु हुँदारैछ्न्

१०
मनमा आगो बल्दै गर्दा उनको याद आयो
अँधेरी त्यो रात देख्दा जूनको यादआयो
सम्झन्थेँ मैले हरेकक्षण टाढा भई गएपछि
दुःख पर्दा लगाएको गुनको यादआयो

तारस घिमिरे
स्वर्गद्वारी न पा ७ प्युठान
हाल ः दाङ

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto