१,
टेक्नुपर्ने धरातलमा जब पैतालाले टेकेन
बिज्ञहरुकै औसधिले महामारी छेकेन ।
जनताको ढुकुटीमा दिनहुँदिन राज गर्दै ,
जनताको भयावह अवस्था सरकारले देखेन ।
२,
रुप र धनको घमण्ड गर्नेहरुको राज छ यहाँ
जातभात र भेदभाव गर्नेहरुको जमात छ यहाँ ।
अब कहिले होला सबैको सोच परिवर्तन ,
तर रुप सग माया गास्नेहरुको चलन छ यहाँ ।
३,
बोल्दैनौ बोलाउँदा भन , बोलाउन के गर्नुपर्छ ?
जतिसुकै सिढि चढेपनी फेरी ओरालो झर्नुपर्छ ।
छ भनी आफ्नो भाग्य फलको धेरै घमण्ड नगर
छोडेर सुन्दरता,रुपरंग,धनि गरिब एकदिन मर्नुपर्छ ।
४,
राजाकाल गणतन्त्र काल, देश उस्तै लाग्छ
बनपाखा पखेरा अनि, परिवेश उस्तै लाग्छ
लुट्ने लुटेकै छन्, भोका नाङ्गा उस्तै छन् ,,
गणतन्त्र आएपनी राजा झै भेष उस्तै लाग्छ।
५,
कसैले बेवास्ता गर्दैमा फरक पर्दैन यहाँ
बाटो हिडदै गर्दा पधेराहरु भेटिन्छन जहाँ ,
हजुर भन्नू हुन्छ मेरो लाइनमा आइजा सधै ,,
समान्तिको शासन लगायर चल्दैन यहाँ ।
६,
जब मान्छेलाई बन्देज बनाइन्छ
खान्न भन्दाभन्दै जबर्जस्ति जब बिष पिलाइन्छ ,
कस्तो समाज रयछ यहाँ मानबता हरायको ?
जानी जानी मान्छेलाई अप्ठ्यारोमा फसाइन्छ ।
७
दुई दिनको बर्सादले सयौंको ज्यान लियो यहाँ
तिमी कोराना कोराना मात्र भन्छौं यहाँ
जनताको समस्या त बुझ्न् आउ गरिबको झुपडीमा
केन्द्रबाट निर्देशन दिएर कहाँ हुन्छ समाधान यहाँ ?
