१,
बोल्नु परेको छ राहादानी के छैन् हामी सङ्ग ।
बिगारेका छन् जानी जानी के छैन् हामी सङ्ग ।
नेताहरुले देशको निम्ति सोची दिने हो भने ।।
सुन खानी तामा खानी के छैन हामी सङ्ग ।
२,
नयाँ युग नयाँ सोच सोच्न सक्नु पर्छ ।
आफू प्रतिको जिम्मेवारी बोक्न सक्नु पर्छ ।
हात फैलाउँदै भिक मागी पाउने चीज हुदै होईन ।
नारीहरूले आपनो अधिकार खोस्न सक्नु पर्छ ।
३,
थुपारी रहेछन् के कति छानबिन हुनु पर्छ ।
चल अचल भए जति छानबिन हुनु पर्छ ।
देशलाई भष्टाचार मुक्त बनाउनु छ भने ।।
हरेक नेताको सम्पती छानबिन हुनु पर्छ ।
४
गई हजार जंघार तरी आउदिन भनिदिनु ।
तिम्रो लागी सदालाई मरी आउदिन भनिदिनु ।
सोध्यो भने मेरो खबर तिमीलाई भुल्न नसक्दा ।।
उत धेरै टाडा बसाई सरी आउदिन भनिदिनु ।
५,
अब तिम्रो खुसी गर मतलब छैन् मलाई ।
बिगार यात सजाउ घर मतलव छैन् मलाई ।
मलाई जिउँदै मारी घरमा अर्की भित्र्याएसि ।।
बाँच तिमी यात मर मतलव छैन मलाई
६,
सक्नु हुन भने तपाईं मलाई दिनुहोस् ।
नराख्नुहोस् साथमा तस्बिर जलाई दिनुहोस्।
यसरी उस्लाई भुल्न सकिदैन साथी
जति छन् यादहरु तस्बिर बल्ने आगोमा बलाई दिनुहोस् ।
७,
आफ्नो नै जिन्दगी आँफै संग भारी भएको छ ।
तिमी गयौं यो जिन्दगी दिक्दारी भएको छ ।
नभए नी मेरो साथ उस्तै छ माया उस्तै छ याद ।।
हो तिम्रै मायाको यो दिल भिकारी भएको छ ।
८,
म त तिम्रै यादमा पागल सरी रोइ रहेछु ।
दुनियाँका कुरा सुन्दै अनेक थरी रोई रहेछु ।
तिमी छोडेर जाने संग केही गुनासो गर्दै ।
समालेर आफूले आफूलाई घरी घरी रोई रहेछु ।
९,
के गर्नु त सानु यस्तै रैछ हाम्रो तग्दिर भनेर ।
जान्छु प्रदेश कमाई ल्याउँछु नलेउ पिर भनेर ।
घरका ससाना आवश्कता पूरा गर्न नसक्दा ।।
हिँड्नु भो न छ कमाई न छ मेरो जागिर भनेर ।
१०
मन भित्र देशको माया हटाऊ कसो गरी ।
आफ्नो देशका युवा विदेश पठाऊ कसो गरी ।
म सदै निद्रामा पनि देशको नाम बोल्ने गर्छ ।
बेरोजगारी दिनहरू कटाऊ कसो गरी ।
११,
गए पछि बाटो मोडी रुन मन लाक्छ ।
तिम्रो यादमा डाको छोडी रुन मन लाक्छ ।
सँगै हुँदा नरुनु है भनी खुवाएका कसमहरु ।।
सानु ती सबै बाचा तोडी रुन मन लाक्छ ।
१२,
पत्थर झैँ कठोर बनी बसाई सर्दै छु म ।
घायल मुटु हुँदा पनि बसाई सर्दै छु म ।
एउटै गाउँमा भेट हुँदा मुटु दुःखी हाल्छ ।
कहिलै भेट नहोस् भनी बसाई सर्दै छु म ।
१३,
कहिले हिमाल कहिले नदीको किनार बेचिन्छ ।
यसै गरी नै हाम्रो नेपाली भूमि बारम्बार बेचिन्छ ।
जमीनको एक टुक्रा हराउनु नौलो कुरा होइन साथी ।
किनकि डलरको भाउमा हाम्रो सरकार बेचिन्छ ।
१४,
प्रसार भई सकेको छ गलत कहाँ बाट आउँछ ।
दुवै थरी भए नी सहमत कहाँ बाट आउँछ ।
मानौं कानुनले सफाई दियो निर्दोष ठहराउँदै।।
उसको गुमेको पद र इजत कहाँ बाट आउँछ ।
१५
उस्को खुसीमा जुट्नु पर्यो बचाउन सकिन ।
मायाको खेलमा टुट्नु पर्यो बचाउन सकिन ।
बाचा गरेकी थिए यो सम्बन्ध टुट्न दिन भनेर ।।
न चाहँदा न चाहँदै छुट्नु पर्यो बचाउन सकिन ।
