एक्कबहादुर केसी
…..अघिल्लो भागबाट क्रमस ः काजी टोलको बस्तीमा रातको सन्टालाई चिर्दै यतिबेला हुचिल कराईरखोको सुनिन्छ । यो हुचिल चरो पनि बडो बिचित्रकै एउटा शिकारी प्रजाती पंक्षी हो । बस्तीका रैथाने चराहरु जस्तो भनौं काग, सिंटाल्ना (डाग्रे) भए, गौथली तथा भंगेराहरु भए यी हाम्रो घर आँगनमा हरहमेशा नै रहेका हुन्छन । बनमा रहने हुचिल रातको समयमा बस्तीमा छिर्दछ । त्यसको पनि एउटा कारण के हो भने हाम्रो बस्तीका घरगोठहरुमा हुने मुसा तथा बिरालाहरु यहि पंक्षीले शिकार गरेर खान्छ । त्यसकारणले पनि हामीले हुचिलाई मित्र शक्तिका रुपमा हेर्न सकिन्छ ।
कजीनीलाई निद लागेको छैन । यद्यपी मद्यपी रातको समयमा रहेको छ । त्यसो त मान्छेको उमेर ४०/५० बर्ष पुग्दा यसै निद्रा घट्दछ । सुत्ने कोठा एकदम निष्पट अध्याँरो छ । नजिकमा रहेको अर्को खाटको ओछ्यानमा काजी साहेव सुकला हुने गर्नुहुन्छ ।
कजेनी ः कहिले काँही त एक्कासी अपरझट नसोचेको पस्थिति र झमेला आईपर्छ । तर जो भयो ठिकै भयो । कसो उनीहरु गए । कानको रौं कपाल सरेजस्तो हाईसन्चो लाग्यो । यहाँ सदरमुकाम रहन्थ्यो भन्देखित हामीलाई लाखापाखा लाग्ने बनाई सक्ने थिए, होईन र बुढा !
कजेनी बुढीको त्यो भनाईको तात्पर्यता यो थियो की सल्यान देखि जिल्ला छुट्टीएर यो ठाउँ अर्को छुट्टै नयाँ जिल्ला हुनु र, त्यसमा पनि त्यस जिल्लाको जिल्ला सदरमुकाम समेत मुसिकोट खलंगामा नै स्थापित रहनाले खाँदै गरेको आफ्नो भाग खोसिन थालेको महशुस भैरहेको थियो । यति बेला मौजाका लाटासोझा जनतालाई अन्धकारमा राखेर काजी साहेव र उनका आसेपासेहरुबाट अनेक खाले शोसन लिईरहेका थिए ।
यहाँ नजिकमा अदालत रह्यो भने ससाना झैझगडाका नियानिसाप पाउन काजी साहेवका कचहरीमा नगएर अड्डा अदालततिर मौजाका मान्छेहरु लागीहाल्ने थिए । आदी कुराबाट बञ्चित हुन सकिने भएकोले नै काजी साहेव लगायत मुखिया, जिम्वुवाल, पटवाली, घाटबुरा, माहिला अधिकारीहरुले ति सल्यान देखि खटिएर आएका कर्मचारीहरुलाई नानाभाँतीको लोलोपोतो लगाई रुकुमकोटतिर पठाएका थिए । यस मामिलामा कजेनी बढीबाट पनि केहि भुमिका खेलेको जगजागर हुन आउछ । नजिकै अर्को ओछ्यानबाट कुनै प्रतिक्रिया आएन । काजी निदायका हुन्थे भने घुर्दा हुन । त्यो केहि छनक सुनिदैन । कजेनी उठेर टुकी बालिन । निष्पठ अन्धकार रहेको कोठा टुकीको उज्यालोले छिनभरमा नै झकाश भयो । काजी सुत्ने बिस्तरा खाली देखियो । कजेनीलाई लाग्यो ः पक्कै यो बुढो डल्लीतिर पुग्यो । आज मटुल्ली आफ्नो घरमा गएकी छ । डल्ली एक्लै छ । यौन पिपासु काजी बुढो समय समयमा काक्ताली मिलाउदै दल्ली र मटुल्टीमा लहसी राख्ने गर्दछ । त्यसैले आज पनि बुढो उतै पुगेको हुनुपर्छ । तीनीहरुको चर्चिकला (क्रियाकलाप) नहेरी छोड्छु कहाँ र ? कजेनी गाईगोठमा पुगिन । घर नजिकै गाई गोठ थियो । भुईतालमा गाई र केहि बाँख्रा बाँध्ने गरिन्थ्यो । त्यस माथीको तालमा डल्ली र मटुल्लीहरु सुत्दथ्ये । नभन्दै ढोकाको चरबाट हेर्दा भित्रको सबै दृष्य देखियो । भुईको ओछ्यानमा घुडा खुम्च्याएर घोप्टो परि काजी साहेव सुतेका थिए । उनको बडेमाको चेप्टो कन्याउलोलाई डल्लीले चिल्लो घसाउदै गरेकी थिई । टुकिको उज्यालोमा त्यो दृष्य देख्न सकिन्थ्यो ।
काजी साहेव ः अल्ली बल गरेर मिन, एक्कै छिन त हो ।
डल्ली ः सुत्नखान नदिने ! कहिले तक होला यो कसला (दुख) कटाई !
काजी ः तिमिहरु मात्तेका हौं । के दुख दिएको छु र मैले तिमिहरुलाई । कजेनी सरहकै माया ममता पाएका छौं । जति बेला जे चाहियो त्यहि खाएका छौं । न खा भन्ने कुरै छैन । भण्डार तिमिहरुकै जिम्मा लगाएका छौ । डारु पन्यो आफ्नै हातमा छ । काम भन्छौं भने के काममा सताईरहेको होर ? एउटो गाई छ, एउटो खसि, यत्तिलाई पाल्न मात्र न हो ! फेरी डालेघाँस नल पोक, पराल घरमै प्रसस्तै छ । कुनै टाढाको बनजंगल चहार्नु पर्दैन ।
डल्ली ः तर पनि हामी आला उपलांगा (युवा अवस्थाका) हरुलाई आराम संग सुत्नु पर्ने हुन्छ । हजुरहरु त साठी बर्ष नागिसकेका मान्छे । निद पनि कहाँ लाग्छ र !
काजी ः होईन सुत्दाखेती राम्ररी तोरी तेल आङमा घसाईदियो भने भुसुक्क निद्रा पर्छ ।
डल्ली ः यो तेल मालिस गरिदिने काम त कजेनी बज्यै बाट गराउनु पो पर्नु् हो नी त !
काजी ः तिमिहरुले तेल मालिस गरिदिनुमा र, कजेनीबाट गराउनुमा फरक पर्छ । तिमिहरु युवती भयौं, तिमिहरुको कोमल हातबाट तेल मालिस गराउदा जति आनन्द र उत्तेजना लाग्छ कजेनीबाट त्यस्तो हुन सक्दैन ।
डल्ली ः माया त होला नी आफ्नी बुढीको !
काजी ः तिमिहरु तिनै थरीलाई बराबरी माया लाग्छ । फरक यति मात्र हो की ः कजेनी चाँहि ब्याईते (हिन्दु संस्कार मुताबिक बिधिवत प्रक्रिया पुर्याएर बिबाह गरि ल्याएकी) भईन । तिमिहरु ल्याईते (रखौटी मात्र) यहि कुरो बुझ ।
डल्ली ः अनी यी रखौटीहरुको भाग्य र भबिश्य नी ?
काजी ः उमेर ढल्कीसकेपछि म बाट छुटकारा पाउछौं ।
भो ! हेर्दिन यो रासलिला जे सुकै मरुन । मनमनले गाली गर्दै कजीनी सुत्नेकोठातिर फर्किईन, त्यसको आधा घण्टापछि काजी साहेव पनि चोर बिरालो छिरे जस्तो गरि लुसुक्क कोठाभित्र छिरे । आफ्नो सुत्ने ओछ्यानमा केहि थकित आभास हुने किसिमले चुपचाप गरि सुते । नभन्दै केहि बेरमा निदाएर घुर्न थाले ।
उता कजेनी बुढीमा निद्रा कहाँ लागेको थियो र ? कता हाँसो बौछार (फट्को) लाग्ला जस्तो पनि हुन्थ्यो । तर बलजफ्ती हाँसो थामेर निदाएको केहि कुरो थाहा नपाएको जस्तो जरिन । मनमनले सोचिन । जुन समय आफ्नो उमेर यी डल्ली मटुल्लीको जस्तो रहेको थियो । त्यो भर्खर फक्रदै गरेको कोमल फुल जस्तो सुन्दर यौवनमा रातभर सुत्न नदिने यीनै काजी हुन । बिस्तारै उमेर ढल्दै गयो, ओठ थैलीसुर्के भयो, केशराशी झकाझुर भएर फल्न थाल्यो । अनी त काजी साहेवले पनि एउटै घुर छोडेर अलग बिस्तारामा सुत्ने भए । हुँदा हुँदा कोठौ छोड्न थाले । मतलवी मान्छे । बाँकी अर्को अंकमा ……..
फेसबुक प्रतिक्रियाहरु