सत्यबहादुर बटाला
आठबिसकोट
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा आयोजना गरिएको अन्तर बिद्यालय स्तरीय बिभिन्न प्रतियोगीताहरु सम्पन्न भएका छन । नगरपालिकाको बार्षिक शैक्षिक क्यालेन्डर अनुसार बिद्यार्थीहरुको सार्बांगिन विकासको लागि बिभिन्न रचनात्मक कार्यक्रमहरु आयोजना गरिएका हुन । जस अन्र्तगत भएको हाजिरी जवाफ प्रतियोगीतामा सरस्वति मावि गोतामकोट प्रथम स्थान हाँसिल गरेको छ ।
जसमा दिवजोति आधारभूत बिद्यालय दोस्रो र हिमालय माबि खदि तेस्रो भए । त्यस्तै १ देखि ५ कक्षा सम्मको लोकनृत्य प्रतियोगीतामा कालिका माबि सुन्दरपानीले प्रथम स्थान हाँसिल गरेको छ । जसमा जनबिकास माबि घारीखोला र सरस्वति आधारभूत बिद्यालय स्याँला दोस्रो, जनबिकास आधारभूत ज्यामिरेकोट र जनज्योति आधारभूत बिद्यालय डाँफेल तेस्रो भए । त्यसैगरी ६ देखि ८ सम्मको लोक नृत्य प्रतियोगीतामा हिमालय माबि खदि प्रथम, शहिद स्मृति बिद्यालय दोस्रो र बालकल्यान माबि राडिले तेस्रो स्थान हाँसिल गरे । आधुनिक नृत्य तर्फ आदर्श माध्यामिक बिद्यालय घेत्माले प्रथम स्थान प्राप्त गरेको छ । जसमा बाल्य कल्यान माबि राडि र नेपाल राष्ट्रिय माबि गत्तसैना दोस्रो र जनविकास आधारभूत बिद्यालय घारीखोलाले तस्रो स्थान हाँसिल गरेका छन । त्यसैगरी आधारभुततहको बक्तृत्वकला प्रतियोगीतामा छात्र तर्फ सहिद स्मृति माबि प्रथम, बालकल्याण माबि दोस्रो स्थान र सरस्वति माबिले तेस्रो स्थान हाँसिल गरेका छन । त्यस्तै छात्रातर्फ बाल कल्यान माबि प्रथम, जनविकास माबि दोस्रो र सहिद स्मृति माबि तेस्रो स्थान हाँसिल गरेका छन ।
सहिद स्मृति बिद्यालयको प्रांगणमा भएको कार्यक्रममा आठबिसकोट नगरपालिका शिक्षा शाखा संयोजक थलबिर ओलीको अध्यक्षता रहेको थियो । नगरप्रमुख गीता नेपालीको प्रमुख आथित्यता रहेको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रामबहादुर केसी बिशेष आथित्यता रहेको थियो । कार्यक्रमको संचालन मानबहादुर बटालाले गरेका थिए ।