अशोक घर्ति
रुकुम पूर्ब
रुकुम पूर्वको पूथाउत्तरगंगा गाउँपालिका वडा नं. ५ हुकाममा आर्थिक बर्ष २०७५/७६ सालको एकीकृत योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । जसमा वडा नं ५ का वडा अध्यक्ष काली प्रसाद रोकाको सभापतित्वमा वडाका बुद्धिजीवी, शिक्षक, सरोकारवाला संघसंस्थाका पदाधिकारी, महिला, दलित र स्थानीय पत्रकार सहित स्थानीयहरुको जनसहभागिता रहेको थियोे ।
उक्त कार्यक्रमबाट निम्न बमोजिमका कार्ययोजना तयार गरेको छ ,
(१) कजरजङ हुँदै बिम्पा र ठाँकुर सम्मको गोरेटो बाटो निर्माण
(२) गर,कमेरा देखि छाबाँकोना सम्मको गोरेटो बाटो निर्माण
(३) नाहारखोला देखि मुदार हुँदै लुँखोला,हुकाम सिचाइ र हुकाम तल्लो गाउँ देखि गर सम्म सिचाइ
(४) हुकाम प्रावि फिल्ड निर्माण
(५) स्वास्थ्य चौकी हुकाम सामाग्री खरिद
(६) प्रहरी चौकी हुकाम सोलार ब्याट्री खरिद
(७) जल्पा युवा क्लब हुकाम भवन निर्माण
(८) लोक संस्कृति संरक्षण समाज नेपाल हुकाम भवन निर्माण
(९) बालक्ल्याण आधारभुट विद्यालय तारबार र बालमैत्री धारा निर्माण
(१०) गर गाउँ दल निकास निर्माण
(११) काजरजङ बिद्धुत सामाग्री खरिद
गाउँपालिका,प्रदेश र केन्द्रमा माग
पुल तर्फ ः
(१) नडुँ खोला झुपो निर्माण
(२) तामागर खोला च्ऋऋ पुल निमार्ण
(३) सलास खोला झुपो निर्माण
(४) का खोला झुपो निर्माण
भवन तर्फ ः
(१) बालकल्याण प्रावि उर्ज्याङ भवन निर्माण
(२) काजरजङ स्वास्थ्य क्लिनिक भवन निर्माण
(३) प्रहरी चौकी हुकाम भवन निर्माण
(४) हुकाम कृस्तियन भवन निर्माण
(५) हुकाम आवरण भवन निर्माण