मोहन बिसी
कर्णाली प्रदेशबाट बिभिन्न पेसा, ब्यवसाय गर्दै बागलुङमा बसोबास गर्ने ब्यक्तिहरुलाई लक्षित गरि प्रथम भेला सम्पन्न भएको छ । भेलाले भुपेन्द्र कुमार ओलीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा हरिनन्द जैसी, सन्दिप थापा र नारायणी न्यौपाने रहेका छन् । त्यस्तै सचिवमा खुमलाल पुन, सहसचिवमा कुम् राज मल्ल, कोषाध्यक्षमा बिष्णु बुढाथोकी र सहकोषध्यक्षमा कृत्तना बस्नेत रहेका छन् । भेलाले बागलुङ जिल्ला अन्तर्गतका १० स्थानिय तहमा स्थानिय सञ्जाल समन्वय प्रतिनिधि समेत तोकेको छ । जसअन्तर्गत बागलुङ नगरपालिकामा हरिनन्द जैसी, काठेखोला गाउपालिकामा धर्मिन्द्रा बाठा मगर, जैमिनी नगरपालिकामा बिष्णु बुढाथोकी, बरेङ गाउपालिकामा जीवन लोहर, ताराखोला गाउपालिकामा बिराजु जिसी, गल्कोट नगरपालिकामा कुम्मराज मल्ल, बडीगाड गाउपालिकामा मुकुन्द ओली, ढोरपाटन नगरपालिकामा कृत्तना बस्नेत, निसीखोला गाउपालिमा महेन्द्र शर्मा ओली र तमानखोला गाउपालिकामा चित्र जंग कुबर रहेका छन् ।
त्यस्तै भेलाले हरि राहुलको संयोजकत्वमा ७ सदस्यीय सल्लाहाकार समिति समेत गठन गरेको छ । गठित मंचले कर्णाली प्रदेशबाट बागलुङमा बसोबास गर्ने ब्यक्तिहरुको सम्बन्ध नजिक बनाउने र बिभिन्न समस्यामा हातेमालो गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु