रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ मा हुने उपनिर्वाचनमा नेकपा एकिकृत समाजवादीले आफ्नो उम्मेदवारी आज फिर्ता लिने भएको छ । उक्त वडा अध्यक्षमा एकिकृत समाजवादीको तर्फबाट उम्मेदवारी दिएका हंशराज पुरीको उम्मेदवारी फिर्ता गरेर नेकपा माओवादी केन्द्रका उम्मेदवार जसिराम बस्नेतलाई समर्थन गर्ने निर्णय गरेको नेकपा एकिकृत समाजबादीका जिल्ला अध्यक्ष माधवप्रसाद गौतमले जानकारी दिए ।

अध्यक्ष गौतमद्धारा एक प्रेस विज्ञप्ती जारी गरि यस्तो जानकारी गराईएको हो । विज्ञप्तीमा समाजवादी मोर्चा जिल्ला संयोजन समिति रुकुम ( पश्चिम) को वैठकले मोर्चा घटक दल नेकपा माओवादी केन्द्रको उमेद्वार क. जसीराम वस्नेतलाई सहयोग गर्ने निर्णय भए बमोजिम पार्टीका तर्फबाट वडा अध्यक्षको पदमा दर्ता गराइएको उमेद्वारी फिर्ता लिने निर्णय गरिएको उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार :

रुकुम सानीभेरी ५ को वडा अध्यक्षमा क–कसको पर्यो उम्मेदवारी (भिडियो सहित)

विस्तृत विज्ञप्तीमा हेर्नुहोस ।

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto