शशिराम बोहरा
बिश्वका धेरैजसो स्थानमा मानविय मनलाई जित्ने रमणीय एक देश हो हाम्रो नेपाल । हाम्रो देश नेपालमा विभिन्न प्राकृतिक छटाले भरिपूर्ण छ । जुन कोहि प्राकृतिक छन त कोहि कृतिम । कृतिमलाई तत्काल बिगार्न र बनाउन सक्छ भने प्राकृतिक छटालाई खलबल गराउन कसैले पनि सक्दैन ।
यसरी सम्पूर्ण प्राकृतिक मनोरम छटाले भरिपुर्ण बिश्वको केन्द्रबिन्दु मध्ये एक हो यो हाम्रो सुन्दर शान्त नेपाल । जहाँ उत्तरमा मोतिका दाना टल्काउँदै सदासदा हाँसिरहने हिमशृङखलाहरु अडिग भएर अबस्थित छन् । महत्वपुर्ण खानिको श्रोत, बन्यजन्तु र पशुपंक्षीको जिबनयापन गर्नको लागि बासस्थान बनेको अमुल्य जडिबुटिको उद्गम स्थल पहाड पनि आफ्नै अस्तित्व बोकेर लम्पसार छ । झनै त्यसमा पनि घरको आँगन जस्तै पलेटी कसेको कार्तिक, मङसिरमा लहलाउँदो धान फल्ने अन्नकोभण्डार सम्पुर्ण फाँटहरुको संगालो तराई आफ्नै धुनमा महत्व दर्शाउन तल्लिन छ । सायद प्रकृतिको माया ममताकै कारण होला आज हाम्रो देश नेपाल बिश्वका सम्पुर्ण प्रकृतिप्रेमिको निम्ति मुटुको केन्द्रबिन्दु बन्न सफल भएको छ । सौन्दर्यताको भरपुर फुलबारी हाम्रो देश नेपाल बिश्वमा नै प्राकृतिक छटाको देश भनेर चिनिनुमा सायद सात प्रदेश भएर नै होला । हाम्रो देश नेपाल यसरी सर्बोत्कृष्ट गनिनुमा यहाँका सम्पुर्ण ताल, तलैया, हिमाल, पहाड, नदिनाला लगायत सबैको अतुलनिय भुमिका छ ।
नेपाल विकासतिर भर्खर बामे सर्दै गरेको अल्पबिकसित मुलुक भएर होला यहाँ सम्पुर्ण क्षेत्रको बिकासहरु समुचित र सोचे जस्तो भएको छैन । यहि कारण गर्दा हिमाली र पहाडी भेगमा रहेका मनोरम स्थलहरुले आफ्नो अस्थित्वलाई आफैमा सिमित राख्न विवश छन । प्रकृतिको गर्भमा रहेका छुटै अस्थित्वयुक्त चिजहरु आफ्नै गर्भमा राख्न बाध्य छिन । यी सबै तत्वलाई भौगोलिक बिकटता र देश बिकासमा भएको ढिलासुस्तीको कारण सबैको सामु प्रष्ट आफ्नो रुप देखाउन नपाएको थुप्रै जिल्लाहरुको समूहमा पर्ने एक बिकट जिल्ला हो रुकुम पश्चिम । रुकुम पश्चिममा छ वटा स्थानीय तह रहेका छन ती ६ वटा स्थानीय तहहरु मूी एक हो आठबिसकोट ।
आठबिसकोटको पनि अति दुर्गम मानिने साबिकको स्यालाखदी गा.बि.स. र हालको आठबिसकोट नगर पालिका एक ज्वलन्त उदाहरण हो । सूर्यको बिहानिको उदित किरणसँगै रमाएर पनि आफ्नो लचिलो र हँसिलो मुस्कान देखाउन नपाएको सिस्ने हिमाल, शिव पार्बतिको जन्म थलो मानिने रमाइलो गरा गरा परेका बुकि फुल्ने चित्रीपाटन, शान्तिका सेता परेवाको आहारास्थल मानिने जलजला अनि चिसो चिसो हावासँगै चारै तिरको मनोरम दृश्य हेर्न सकिने झारमारेको लेक, दुधको धारा झै बग्ने गोतामको नौधारी बिश्वको अमूल्य मानिने यार्सागुम्बा पाइने ठूलो खारा, सानो खारा आदि बाहुल्यताका ती फाँटहरू सिस्नेको काखबाट छल छलगर्दै बग्ने एक मात्र नदी जलिगाड,पहाडा गाउँको काँडेताल,पबित्र धार्मिक तिर्थस्थल शाईकुमारी मन्दिर, महराईको गुफा, चोबाखोलाको छहरा र हरेक दृष्टिकोणले बढि भन्दा बढि उर्वरभूमि भएका गरै गरा भएका ती हाम्रा पाटाहरु सँगसँगै अन्य थुप्रै आफ्नो वास्तविक रुपलाई आफैमा सिमित राख्न बाध्य रहेका पर्यटकिय स्थलहरु आज आफ्नो सुन्दर मुहार देखाउन आतुर गर्दैछन । चारैतिर हरियाली डाँडाकाँडाले सु(सज्जित साबिकको स्यालाखदीको बिचमा चिरा चिरा पारेर बग्ने जलिगाड नदीले मौसमको परिवर्तनसँगै आफुलाई पनि परिवर्तन गरि कल(कल आवाजमा गाउने गीत सुन्दा त जो कोहिलाई स्वर्गको आभाष हुन्छ । तर पनि सम्बन्धित पक्षको ध्यान बेलैमा जान नसक्नु नियमित यातायात सुबिधा नहुनु, भरपर्दो फोनको टावर नहुनु, बिरामी हुँदा समयमा उपचार गर्नलाई अस्पतालको ब्यबस्था नहुनुले पनि यसको इज्जतमा नै कालो दागको धोब्बाले पोतिदिएको छ । यदि यी सबै पक्षलाई ध्यानमा राखी पर्यटकिय स्थलको रुपमा बिकसित गराउने हो भने स्यालाखदीलाई देशकै नमुना गाउँ बनाउन सकिन्छ ।
यसरी अपार छटाले भरिएको स्यालाखदीको विकासगरी यहाँका पर्यटकिय स्थललाई आबश्यक मात्रामा सेवा सुबिधा मिलाई अगाडि बढाउने हो भने स्यालाखदीको आयश्रोतमा एक राम्रो र सबल पक्ष बन्न सक्छ । त्यसैले आफ्नै गाउँ भित्रका सम्पुर्ण प्राकृतिक छटाहरुलाई ध्यान पुर्याई बिश्वसामु एउटा नमुनाको रुपमा चिनाउनसकेमा स्यालाखदीको आर्थिक र सामाजिक स्तरमा सुधार हुने थियो कि ? यसरी स्यालाखदी भित्र लुकेर रहेका प्राकृतिक सम्पदा, खनिज पदार्थ साथै ऐतिहासिक मनोहरहरुलाई उचित संरक्षण र कार्यनवयन गरि बेरोजगार स्यालाखदीबासीलाई रोजगार दिलाउन सकेमा रोजगारका लागि कोहि डोल्पा, भारत र बिदेश पलायन हुन आबश्यक हुदैन्थ्यो कि ?