राप्ती साहित्य परिषद रुकुम शाखाको अधिबेशन सम्पन्न भएको छ । परिषद्को पाँचौं अधिवेशनले आगामी ३ वर्षका नयाँ कार्यसमितिको समेत चयन गरेको छ । पुनः मनलाल ओलीको अध्यक्षतामा गठित ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्ष एक्कबहादुर के.सी., सचिव ओमबहादुर खत्री, सहसचिव सीता बुढा, कोषाध्यक्ष शशिराम घर्ती, सदस्यहरू नारायण प्रसाद शर्मा,अनुसा रोका, प्रेमा सेर्पाली र दिलमाया खनाल रहेका छन । पाँचौं अधिबेशनको अवसरमा परिषद्द्धारा सञ्चालित विभिन्न पुरस्कारहरु समेत वितरण गरिएको छ ।
जसअनुसार रुकुम साहित्य पुरस्कार गणेशा विष्ट कार्कीलाई, सुमन–सुमन साहित्य पुरस्कार श्रीकृष्ण शर्मा र हरिकला बुढालाई, मुसिकोट नगर प्रमुख साहित्य पुरस्कार प्रसाद खड्का, जलसा खड्का र सत्यनारायण श्रेष्ठलाई, बलबहादुर श्रेष्ठ स्मृति साहित्य पुरस्कार सीता बुढालाई र योगमाया लोक साहित्य पुरस्कार अरुणकुमार शाहलाई प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि राप्ती साहित्य परिषद्का केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा लगायतका ब्यक्तिहरुले प्रमाणपत्र तथा पुरस्कार रकम प्रदान गरे । त्यस्तै रुकुमको साहित्यिक एवं साङ्गीतिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न व्यक्ति एवं संस्थाहरूलाई सम्मान स्वरूप कदरपत्र प्रदान गरिएको थियो ।
यसरी योगदान पुर्याए वापत यज्ञबहादुर ओली, प्रेम घर्ती, खेमराज खड्का, खगेश्वर भण्डारी, ओमबहादुर खत्री, अर्जुनकुमार ओली, भूपेन्द्रा मल्ल, गिरिप्रसाद बुढा, कमलमणि देवकोटा, हरिकला बुढा, कमानसिंह विष्ट, शशिराम कार्की, जिल्ला समन्वय समिति रुकुम पश्चिम, मुसिकोट नगरपालिका वडा नं १ र १०, जनकल्याण मा.वि, रक्तिम सांस्कृतिक अभियान रुकुमलाई सम्मान गरिएको हो ।