निर्बाचन आयोगले वैशाख १५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । जस अनुसार इलाम र बझाङ जिल्ला खाली रहेका निर्वाचन क्षेत्रमा उपचुनाव हुनेछ । आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य र बझाङको निर्वाचन क्षेत्र नं १ (क) को प्रदेशसभा सदस्यको उपनिर्वाचन आगामी वैशाख १५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको आयोगका उपसचिव एवम् सहायक प्रवक्ता डा.थानेश्वर भुसालले जानकारी दिए ।

इलाम निर्वाचन क्षेत्र २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो । त्यस्तै, बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वी बहादुर सिंहको गत असार २५ गते गाडी दुर्घटनामा निधन भएको थियो ।

election adv.

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto