सर्बोच्च अदालतले संघीय सरकारले फागुन १ गते दिने भनेको जनयुद्ध दिवस विदालाई खारेज गरेपनि देशका विभिन्न स्थानीयतहहरुले सार्वजनिक विदा दिने घोषणा गरेका छन । जसअनुसार रुकुम पश्चिमका पाँच स्थानीय तहले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएका छन ।

जिल्लाका चौरजहारी नगरपालिका, आठविसकोट नगरपालिका, बाँफिकोट गाउँपालिका, त्रिबेणी गाउँपालिका र सानीभेरी गाउँपालिकाले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएका हुन । सानीभेरी गाउँपालिकाले विदाका साथै जनयुद्ध दिवसको अवसरमा गुरिल्ला म्याराथन लगायतका विभिन्न कार्यक्रमको समेत आयोजना गरेको छ ।

election adv.

सार्वजनिक बिदाका दिन पालिका भित्रका वडा कार्यालय, शैक्षिक सस्था लगायका कार्यालयहरुमा बिदा हुने जनाईएको छ । जिल्लाको मुसिकोट नगरपालिकाले भने हालसम्म विदा दिएको सूचना सार्वजनिक गरेको छैन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto