रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका एक वडाध्यक्षले शिक्षकलाई तलव खुवाउन ब्यक्तिगत रुपमा आर्थिक सहयोग गरेका छन । चौरजहारी नगरपालिकाको वडा नम्वर ८ का वडाध्यक्ष शसिराम वि.क.ले आफुले नगरपालिका वाट पाउने सेवासुविधा कटाएर शिक्षकलाई २ महिना वरावरको ३६ हजार रकम दिएर तलव खुवाएका हुन ।

स्थानीय जनचेतना आधारभुत विद्यालय अंगेरीमा अध्यापनरत शिक्षक अमृत स्वर्णकारलाई जेष्ठ र असार महिनाको प्रतिमहिना १८ हजारका दरले दुई महिनाको ३६ हजार रुपैया एक कार्यक्रमका विच वुझाए । वडा नम्वर ८ को वडा कार्यालयले आयोजना गरेको गत आर्थिक वर्षमा वडाले गरेका प्रगति विरणको समिक्षा तथा चालु आर्थिक बर्षमा वडावाट हुने विकास आयोजना लगाएतका विषयमा स्थानीयवासीहरुको राय, एवम सुझाव संकलन कार्यक्रमका विच उक्त रकम हस्तान्तरण गरिएको हो ।

चौरजहारी नगरपालिका नगर शिक्षा शाखाले विद्यालयमा शिक्षकको लागि सेवा सुविधा नदिएपछि आफुल आफनो सेवा सुविधा कटाएर शिक्षकलाई २ महिना वरावरको तलव दिएको वडाअध्यक्ष वि.क.ले जानकारी दिए ।
उनले विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी, शिक्षकहरुको भरणपोषण तथा विद्यार्थीहरुको लागि पाठयपुस्तक, दिवाखाजा र पोषाक पालिकाले उपलव्ध नगराएको प्रति गुणासो व्यक्त गर्दै त्यसको लागि आफुले निरन्तर रुपमा कुरा उठाईराखेको वताए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto