रुकुम पश्चिममा ८ नाल भरुवा बन्दुक भेटिएका छन । जंगलभित्र लुकाईछिपाई राखिएको अवस्थामा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले ८ नाल भरुवा बन्दुक भेटाएको हो ।

जिल्लाको मुसिकोट नगरपालिका ८, ओखरभिर सामुदायिक बन भित्र भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा अनुसन्धान गर्दा ८ नाल भरुवा बन्दुक भेटिएर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपि नमराज भट्टराईले जानकारी दिए । उनका अनुसार बन्दुक कसले लुकाएर राखिएको थियो भन्ने विषयमा अनुसन्धान भैरहेको छ ।

रुकुम पूर्व तथा पश्चिमका जंगल तथा ओढारहरुमा बेलाबेला भरुवा बन्दुकहरु भेटिदै आएका छन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto