नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले पार्टीका गतिविधी र नीति कार्यक्रमहरुलाई प्रभावकारी बनाउन विभिन्न ६ वटा विभागहरु गठन गरेर जिम्मेवारी हेरफेर समेत गरेको छ । यस मध्य केहि विभागहरु नयाँ गठन गरिएका हुन भने केहि पुरानै विभागलाई हेरफेर गरेर पुर्णता दिईएको जिल्ला संयोजक गोविन्द रोकाले जानकारी दिए । बैशाख १८ गते सदरमुकाम खलंगामा बसेको विकास र समृद्धिको लागि संगठन सुदृढीकरण अभियानको समिक्षा सहित रहेको पार्टीको छैटौं पूर्ण बैठकबाट विभागहरुको पनि पूर्णता दिईएको हो ।
बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिब जनार्दन शर्मा सहितका केन्द्रीय तथा प्रदेश समितिका नेताहरुको सहभागीता रहेको थियो । जिल्लामा गठन भएका सबै विभागमा केन्द्रीय तथा प्रदेश सदस्यहरुले नै नेतृत्व गरेका छन । जस अनुसार उत्पादन तथा आर्थिक व्यवस्थापन विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य तथा रुकुम जिल्ला इन्चार्ज बसन्त शर्मा रहेका छन । त्यस्तै अर्को महत्वपूर्ण विभागको रुपमा हेरिने संगठन विभागको प्रमुखको जिम्मेवारीमा केन्द्रीय सदस्य गोपाल शर्मा रहेका छन ।
त्यस्तै स्कुलिङ विभागमा महेन्द्र केसी, अनुशासन तथा अनुगमन विभागमा नरबहादुर पुन, विकास निर्माण विभागमा गोर्खबहादुर केसी र प्रचार विभागको प्रमुखमा ध्रुब विक्रम बुढाथोकी रहेका छन । विभागको सदस्यहरुमा त्यस क्षेत्रसंग सरोकार र क्षमता दक्षता राख्ने पार्टीका सदस्यहरुलाई आवश्यकता अनुसारको संख्यामा राखिएको बताईको छ । पार्टीको विभिन्न विभागको गठन तथा हेरफेरपछि पार्टीको गतिविधि तथा नीति कार्यक्रमहरुमा पनि थप गति लिने अपेक्षा लिईएको छ ।