अन्तर्राष्ट्रिय मजदुर दिवस दिवसको अवसरमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र केन्द्रीय कार्यालयले एक विज्ञप्तिमा जारी गर्दै मजदुर दिवसप्रति ऐक्यबद्धता जनाएको छ ।

केन्द्र अध्यक्ष हस्तबहादुर केसीद्धारा हस्ताक्षर भएको विज्ञप्तिमा संसारभर क्रियाशील रहँदै आएका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुलाई “ साम्राज्यवाद विरोधी संयुक्त मोर्चा “ गठन गरेर विश्व साम्राज्यवादको विरुद्ध संयुक्त रुपमा लड्नका लागि एकताबद्ध भएर अगाडि बढ्न अनुरोध गरिएको छ । त्यस्तै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले चाल्ने विश्व साम्राज्यवाद विरोधी संयुक्त संघर्षको पक्षमा ऐक्यबद्धता प्रकट गर्ने र त्यसप्रति लेख्ने , बोल्ने र प्रचारप्रसारका साथै अन्य सरसहयोग समेत गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

आज २०२३ मे १ , १३४ आौं अन्तर्राष्ट्रिय मजदुर दिवस । आज संसारभरका श्रमिक मजदुरहरूले आफ्नो स्थापनाको १३४ आौं अन्तर्राष्ट्रिय मजदुर दिवस धुमधामका साथ मनाउन गइरहेका छन् । 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto