हिमालय लोकस्टारको उपाधि रुकुम पश्चिम सानीभेरी गाउँपालिका बलराम विश्वकर्माले जितेका छन् । बुधबार राति राष्ट्रिय सभागृहमा सम्पन्न ग्रान्ड फिनालेमा उनी विजेता घोषित भए ।
विजेता बनेसँगै विश्वकर्माले १५ लाख रुपैयाँ नगदसहित अन्य पुरस्कार पनि प्राप्त गरे । हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले विजेतालाई ट्रफीसहित पुरस्कार प्रदान गरे । दर्शकले दिएको बढी भोटको आधारमा विजेता घोषणा गरिएको जनाइएको छ ।
फेसबुक प्रतिक्रियाहरु