रुकुम पूर्व प्रदेश सभा २ का सांसद धनबहादुर केसीले एक मृगौला पीडितलाई उपचारका लागि आर्थिक सहयोग गरेका छन ।
सोमबार काठमाडौंमा रहेको वीर अस्पताल पुगेर सिस्ने गाउँपालिका वडा नं. ८ निवासी वीरबहादुर बोहराको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुका साथै उपचारमा सहजताका लागि आर्थिक सहयोग पनि गरेका हुन ।
बोहरा लामो समयदेखि दुवै मृगौला फेल भई उपचार गराइरहेका छन । उनको आमाले मृगौला दिएपछि मृगौला प्रत्यारोपण गरिएको छ । साथै उनको उपचारमा कुनै कमी हुन नदिन चिकित्सकहरूसँग सांसद केसीले अनुरोध समेत गरेका छन ।
फेसबुक प्रतिक्रियाहरु