बिकाश पाण्डे
रुकुम पश्चिम मुसिकोट न.पा. वडा. ७ मा पक्की सिँचाई कुलो निर्माण भएपछि स्थानीय कृषकहरु खुसी भएका छन । आर्थिक बर्ष २०७९÷०८० अन्तरगतको कार्यक्रम अन्तरगत साँखखोला, रेटावाङ, फेचङ, सोताखेत, तङतारा सिंचाई आयोजाना सम्पन्न भयको हो । भौगोलिक रुपमा अफ्ठेरो ठाउँमा निकै मेहनतका साथ कुलो निर्माणको काम गरिएको उपभोक्ता समितिका अध्यक्ष रबिलाल औलीले बताए । उनका अनुसार अब मुहानमा कुलाको संरक्षणको लागि र बाँकि केहि सहायक कुलोहरुको लागि आउदो आर्थिक वर्षमा पनि पहल गरिने छ ।

कुलो निर्मांण भएसँगै यहाँका किसानहरुलाई अन्नवाली, तरकारी लगायतका नगदेबाली उत्पादनमा धेरै सहज भएको छ । अव अन्य तरकारी खेतीका साथै चैते धानसमेत रोप्न सकिने स्थानिय कृषक सुनिल पाण्डले बताए । निर्माण भयको पक्की कुलोले यहाँका करिब १ सय १२ घरधुरी लाभाम्बित भएका छन् । पहिले चन्द्रीवाङ बाट कुलो आउने कुला धौला पैंराको पहिराका कारण वर्षेनि पुरिने समस्या रहेको थियो । पानी सहज नहुँदा राती, बिहान र बेलुका आलोपालो गरेर केहिँ घण्टा मात्र सिँचाईमा प्रयोग गर्नुपर्ने समस्या रहेको थियो ।

कुलो निर्माणको लागत १४ लाख ३४ हजार रुपैयाँ रहेको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बजेट अन्तरगत कृषि बिकास कार्यालयबाट १२ लाख, ५० हजार रकम पा्रप्त भएको हो भने २ लाख २२ हजार बराबरको काम उपभोक्ताले श्रमदान गरेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto