रुकुम पश्चिममा एक महिलालाई पेट्रोल छर्केर आगो लगाउन खोजेको घटनालाई सत्यतथ्य छानविन गर्न जिल्ला स्थित अधिकारवादी संघसंस्थाहरुले माग गरेका छन ।

सोमबार एक सयुक्त विज्ञप्ती जारी गर्दै पीडित महिलालाई क्षतिपूर्ति सहित दोषी उपर कानुन बमाजिम कारबाही गर्न माग गरिएको छ । रुकुम पश्चिम मुसिकोट नगरपालिकाको ठाराढुंगामा बस्ने एक महिला माथी तुल्सीपुर उपमहानगरपालिका १० बस्ने ३४ बर्षिय प्रेमबहादुर केसीले जीउदो शरिरमा पेट्रोल छर्केर आगो लगाउन खोजेको घटना प्रति ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा महिला मानव अधिकार रक्षक संजाल, मानव अधिकार संजाल, ओरेक, इन्सेक र हरप्लेसको तर्फबाट हस्ताक्षर गरिएको छ । केसीलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पक्राउ गरिसकेको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...