कविताः ताली

Byआहा सञ्चार

२०७९ चैत्र १०, शुक्रबार १०:४१

रेडस्टार
त्रिवेणी १० रुकुम
हाल हेटौडा, मकवानपुर

जनतामाझ जांदानी ताली
संसद भवन जांदानी ताली ।।
सडक बन्द गर्दानी ताली
त्यै बन्द खुलाउदा पनि ताली ।।
सरकारमा जादा पनी ताली
सरकार छोड्दा पनि ताली ।।
गठबन्धन गर्दानी ताली

गठबन्धन छोड्दानी ताली ।।
मन्त्री बन्दा पनी ताली
मन्त्री पद छोड्दानी ताली ।।
विश्वासको मत लिदानि ताली
विश्वासको मत दिदा नि ताली ।।
सरकामा बस्दा नि ताली
प्रतिपक्षमा बस्दा पनि ताली ।
स्वदेश हुदा नि ताली
विदेश भ्रमनमा पनि ताली ।
मन्त्रालय पस्दा पनि ताली
बाहिर निस्कदा पनि ताली ।।
अरुलाइ गाली गर्दा नि ताली
गलत उत्तर दिदा नि ताली ।।

किन ? भनेर प्रश्न नगर्नूस हजुर
म जनता होइन नेता हो हजुर ।
जे गर्छ यो राजनितिले गर्छ ।
मलाइ ताली असाध्यै मन पर्छ ।।
कार्यकर्तालाइ मेरो काम मन पर्छ ।
ताली बजाउन त असाध्यै मन पर्छ ।।

 

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto