रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा २ सय ३० परिवारका लागि सुरक्षित आवास निर्माण गरिने भएको छ । नगरपालिका भित्रका विभिन्न १४ वटा वडामा वसोवास गर्ने असुरक्षित आवास भएका परिवाहरुको छनोटको आधारमा यस आर्थिक बर्षमा नगरपालिकाको कार्यपालिकावाट स्वीकृत १ करोड १५ लाख वरावरको लगानी वाट सुरक्षित आवास निर्माण गरिने भएको हो ।

संघिय सरकार वाट अनुदान प्राप्त रकमवाट २ सय ३० परिवारलाई ५० हजारको दरले टिनका छाना, तथा ढुंगाको छाना निर्माणको लागि प्रक्रिया अगाडी वढाईएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए । सोही योजनालाई कार्यान्वयका लागि सोमवार ४२ परिवारका लागि सुरक्षित आवास निर्माणका लागि सम्झौता गरिएको छ । चौरजहारी नगरपालिका अन्र्तगत वडा नम्वर १४ को वडा कार्यालयमा लाभग्राहीहरूको सहजताका लागि सुरक्षित नागरिक आवास कार्यक्रम सम्झौता गरिएको हो । सुरक्षित आवास कार्यक्रम कार्यान्वयनका लागि छनोट भएका उक्त वडाका ४७ घर परिवारको सम्झौताका लागि नगर कार्यपालिकाको कार्यालयबाट टोली खटिएको थियो ।

२ सय ३० घर परिवार मध्य कतिपय परिवारले सम्झौता र वैक खाता खोलि सकेका छन, भने वाँकी रहेका परिवार संग नगरपालिकाले योजना कार्यान्वयनका लागि सम्झौता र वैंक खाता खोल्ने कार्य अन्तिम चरणमा पुगेको नगरपालिकाले वताएको छ । नगरपालिकाले यस आर्थिक वर्षमा सुरक्षित आवास निर्माण कार्य सम्पन्न गरी सक्नु पर्ने जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto