नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता प्रेमप्रशान्त बोहराले स्ववियू सभापतिमा उम्मेदवारी दिने बताएका छन । उनले रुकुम पश्चिमको त्रिबेणी गाउँपालिकामा रहेको सिम्रतु शिक्षा क्याम्पसको स्ववियू सभापतिमा उम्मेदवारी दिने बताएका हुन ।
आहा सञ्चारसंग कुरा गर्दै उनले नेकपा (बहुमत) निकट विद्यार्थी संगठनले सिम्रतु क्याम्पस संगै जिल्लाका अन्य क्याम्पसहरुमा पनि स्ववियू सभापतिमा उम्मेदवारी दिने बताए । अन्य विद्यार्थी संगठनले पनि स्ववियू सभापति घोषणा गर्दैछन । स्ववियू निर्वाचन यहि चैत्र ५ गते हुदै छ ।
फेसबुक प्रतिक्रियाहरु