नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा रुकुम पश्चिमले लघुवित्त संस्था तथा बैंक मार्फत भैरहेको चर्को ब्याज केन्द्रीत आन्दोलन शुरु गरेको छ । पार्टीको छैंटौ जिल्ला समितिको प्रथम पूर्ण बैठकका निर्णयपछि विरोध ¥याली समेत गरेको छ । जसअनुसार केहि दिन अघि जिल्ला सदरमुकाम मुसिकोट खलंगामा पीडित ब्यक्तिहरुको सहभागीतामा लघुवित्त विरुद्ध प्रर्दशन गरेको नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज चन्द्रबहादुर बुढाले जानकारी दिए ।
उनका अनुसार लघुवित्तले जनतामा लुट मच्चाएकोले यसका विरुद्धमा विभिन्न आन्दोलनका कार्यक्रमहरु संचालन गरिएको हो । जिल्ला पार्टीको बैठकले पनि लद्युवित्त सहितका अन्य जिल्लामा पछिल्लो समय देखिएका समस्या समाधानका लागि आन्दोलन गर्ने निर्णय गरेको जिल्ला सेक्रेटरी भाष्कर मल्लले जानकारी दिए । उनका अनुसार बैठकले बैंक तथा बित्तीय संस्थाहरुको चर्को ब्याजदरलाई एकल अङ्कमा कायम गर्नुपर्ने, लघुबित्त संस्थाहरुले ऋण लगानीमा हाल लिने गरेको सेवा शुल्क १ देखि १.५ प्रतिशतलाई घटाएर ०.५ प्रतिशत कायम गर्नुपर्ने र यसभन्दा पहिले सेवा शुल्क बापत लिइएको बढी रकम फागुन १५ गते भित्र सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न दवाव दिने निर्णय पनि गरिएको छ ।

त्यस्तै लघुबित्त संस्थाहरुले आफ्नो लक्ष पुरा गर्ने नाममा गाउ घरका सोझासाझा महिलाहरुको समुह बनाउने र अनुत्पादक क्षेत्रमा ऋण दिएर सर्वसाधारण महिलाहरूलाई जवर्जस्त ऋणी बनाउने कार्य तत्काल बन्द गर्न, लघुबित्त संस्थाहरुले बिनाधितो लगानी गर्ने कर्जाको सिमा बढाएर उत्पादनमुलक क्षेत्रमा उद्धम गर्न चाहनेलाई सरल रुपमा आबश्यक बित्तीय एबम ब्यबसायिक तालिम तथा शिक्षा प्रदान गरेर मात्रै लगानी गर्न र स्वदेशमै उद्धमी बनेर केही गर्न चाहने युवाहरूको लागी बाणिज्य तथा बिकास बैंकहरुले सरल र सहज रुपमा बिनाधितोमा दिनुपर्ने पनि काम गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

आहा सञ्चारका भिडियो सामग्रीहरु हेर्न तल क्लिक गर्नुहोस तथा युट्युब च्यानल सस्क्राइव गर्नुहोस ।

This will close in 0 seconds