रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका स्वाथ्य संस्थाहरुमा कुकुरले टोकेपछि लगाईने रेविज भ्याक्सिनको अभाव हुन थालेको छ । पछिल्लो समयमा थप एक दर्जन भन्दा वढी मानिसहरुलाई कुकुरले टोकेपछि चौरजहारी नगरपालिकामा भ्याक्सिनको अभाव हुन थालेको छ ।

कर्णाली प्रदेश सरकारले जिल्ला स्वास्थ्य कार्यालय रुकुम पश्चिम मार्फत स्थानीय ३ नगर र ३ गाउँपालिकालाई उपलव्ध गराएको भ्याक्सिन सकिएपछि हाल नगरपालिकामा भ्याक्सिनको अभाव हुन थालेको हो । प्रदेश सरकारले उपलव्ध गराएको भ्याक्सिन सकिएपछि नगरपालिकाले आफनै स्रोत वाट भ्याक्सिन खरिद गरेको थियो । तर १ सय जना व्यक्तिहरुलाई पुग्नेगरी राखिएको स्टक भ्याक्सिन सकिएपछि हाल थप भ्याक्सिनको आवाश्यकता रहेको चौरजहारी नगरपालिका स्वास्थ्य शाखा सिनिएर अहेव शंकर ओलीले जानकारी दिए ।

उनका अनुसार कुकुरले टोकेपछि एक व्यक्तिले ३ वटा डोज रेविज भ्याक्सिन लगाउनुपर्ने हुन्छ । रुकुम पश्चिममा वर्षेनी कुकुरले टोपछि लगाईने रेविज भ्याक्सिन र शर्पदंसका विरामीलाई लगाइने एन्टी स्नेक भेनम भ्याक्सिनको अभाव हुदैआईरहेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा साउन महिना यता १ सय ८४ जनालाई कुकुर टोकेर भ्याक्सिन लगाइएको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto