नेपाल शिक्षक महासंघ रुकुम पश्चिमको अध्यक्षमा प्रेमबहादुर खड्का सर्वसम्मत चयन भएका छन । शनिबार सदरमुकाम खलंगामा भएको दोस्रो अधिबेशनबाट खड्काको अध्यक्षमा नयाँ कार्यसमिति गठन गरिएको हो ।
जस अनुसार महासंघको सहअध्यक्षमा जसबिर रेउले, उपाध्यक्षमा चन्द्र बहादुर केसी र सचिवमा शेर बहदुर खड्का चयन भएका छन । त्यस्तै सहसचिवहरुमा मुक्ति प्रसाद रिजाल, मोतिका केसी र रमेश डागी रहेका छन । महासंघको सदस्यहरुमा बलजित ओली, अनन्त कुमार बिटालु, चुमानसिंह बोहोरा, पत्र बहादुर खड्का, गणेश नाथ योगी र मरिचमान बिष्ट चयन भएका छन ।
महासंघले अन्य शिक्षक संघसंगठनका ब्यक्तिहरुलाई पनि जिल्ला समितिको पदेन सदस्यहरुमा पनि जिम्मेवारी दिएको जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु