रुकुम पश्चिमका कारोना संक्रमणको नयाँ भेरियन्टको रोकथाम तथा न्यूनिकरणका लागि सहजता अपनाउने निर्णय गरिएको छ । केहि दिन अघि सदरमुकाम खलंगामा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको अध्यक्षतामा बसेको बैठकले रुकुम पश्चिममा सम्भावित नयाँ भेरियन्टको कोभिड प्रकोप व्यवस्थापनको सजगता तथा पुर्ब तयारीका लागि केहि निर्णयहरु गरेको हो ।
कोभिड संकट व्यवस्थापन समिति बैठकले सार्बजनिक यातायातका साधन तथा बढी भिडभाड हुने स्थानहरुमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने व्यवस्था गर्ने, व्यक्तिगत सरसफाइ लगायत आबश्यक स्वास्थ सुरक्षाका मापदण्ड पालना गर्ने गराउने र कोभिड सम्बन्धि सन्देशमुलक सामग्रीहरु तयारी गरि प्रचार प्रसार गर्न स्थानीय सरकार, स्वास्थ सेवा कार्यलय र गैरसरकारी सस्थाहरुलाई अनुरोध गर्ने नर्णय गरेको छ ।
त्यस्तै प्रत्येक पालिका लगायत अस्पतालमा कम्तीमा १ महिनाको लागि पुग्ने गरि मास्क, ग्लोब, स्यानिटाइजर तथा आवश्यक औषधीको व्यवस्था गर्ने देखि जिल्ला अस्पताल सल्लेमा अक्सिजन पलान्ट जडानका लागि कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।