रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ४, को रिम्ना मेलामा यसपटक खेलकुद सहितका सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिने भएको छ । पछिल्ला केहि बर्षहरुमा कोरोना संक्रमणका कारण मेला नलानेपनि यसपटक विभिन्न कार्यक्रमहरुको आयोजना गरि मेलालाई भव्य बनाउन लागिएको मेला आयोजक समितिका सचिब डिल्ली परियारले बताए ।
उनका अनुसार पनि रिम्ना धार्मिक मेलामा खेलकुद, साँकृतिक तथा पर्यटन सम्बन्धी कार्यक्रम र प्रस्तुतीहरु हुनेछन । पुस २८ गते देखि माघ २ गते सम्म मेला लाग्ने छ । मेलाको अवसरमा खुल्ला पुरुष भलिवलमा विजेता हुने समुहले १ लाख, उप विजेताले ७५ हजार र प्रतियोगिताको सेमिफाईनल सम्म पुग्ने दुई समुहले २५÷२५ हजार रुपयाँ पुरस्कार पाउने छन् । त्यस्तै मेलामा रामजी खाँड सहितका राष्ट्रिय कलाकारका साथै स्थानीय कलाकारको प्रस्तुति रहने छ ।
फेसबुक प्रतिक्रियाहरु