रुकुम पश्चिमका तीन वटै निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु फराकिलो मतान्तरले विजयी भएका छन । रुकुम पश्चिमको प्रतिनिधीसभा तर्फ माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्माले ३९ हजार ५ सय ४९ मत सहित विजयी भए । उनका प्रतिष्प्रधी नेकर्पा एमालेका उम्मेदवार नन्दराम देवकोटाले १२ हजार ९ सय ६१ मत प्राप्त गरे ।

त्यस्तै प्रदेशसभा १ तर्फ पनि माओवादी केन्द्रकै उम्मेदवार महेन्द्र केसी विजयी भएका छन । उनले १९ हजार ३३ मत प्राप्त गरे भने उनका प्रतिष्प्रधी नेकपा एमालेका नारायणकुमार शाहले ८ हजार ८१ मत प्राप्त गरे । त्यस्तै प्रदेशसभा २ तर्फ पनि माओवादी केन्द्रकै उम्मेदवार राजकुमार शर्मा विजयी भएका छन ।

उनले २० हजार १ सय ६० मत प्राप्त गरे भने उनका प्रतिष्प्रधी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर घर्तीले ८ हजार ७८ मत प्राप्त गरे । यस संगै रुकुम पश्चिमको मतगणना सम्पन्न भएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto