रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले तीन वटै निर्वाचन क्षेत्रमा फराकिलो अग्रता लिएका छन । पछिल्लो मत परिणाम अनुसार रकुम पश्चिमको प्रतिनिधीसभा तर्फ माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा ९ हजार १ सय ९ मतका साथ अग्रता लिएका छन । उनका प्रतिष्प्रधी नेकर्पा एमालेका उम्मेदवार नन्दराम देवकोटाले ३ हजार ६ सय ९६ मत प्राप्त गरेका छन । त्यस्तै प्रदेशसभा १ तर्फ पनि माओवादी केन्द्रकै उम्मेदवार महेन्द्र केसीले अग्रता लिएका छन ।

उनले ५ हजार २ सय ७८ मत प्राप्त गरेका छन भने उनका प्रतिष्प्रधी नेकपा एमालेका नारायणकुमार शाहले २ हजार १ सय ८ मत प्राप्त गरेका छन । त्यस्तै प्रदेशसभा २ तर्फ पनि माओवादी केन्द्रकै उम्मेदवार राजकुमार शर्माको अग्रता छ ।

उनले ३ हजार ९ सय मत प्राप्त गर्दा उनका प्रतिष्प्रधी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर घर्तीले १ हजार ८ सय ५७ मत प्राप्त गरेका छन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto