निमा पुन
महफिल गर्दै गर्दा गल्ती, कमजोरी जति भएपनि यसलाइ आगामी दिनहरुमा सुधार गर्ने कोसिस त हामी गरिरहनेछौँ । जस्तो सुकै परिस्थितिलाइ पनि सहज रुपमा सामना गर्न सक्ने बुझ्न सक्ने हाम्रा अतिथिप्रती सधै सम्मान रहिरहने छ ।
साहित्यको माध्यामबाट विश्व जगत हल्लाएका कयौं उदाहरण हामी सामु देखेकै सुनेकै छौ । देश, दुनिया बदल्न सक्ने शक्ति राख्ने कला साहित्यलाइ संरक्षण गर्नु आबश्यक छ र चुनौती पनि उतिकै रहेको छ । हामिले कार्यक्रम सञ्चालन गर्दै गर्दा विभिन्न टिकाटिप्पनी गरियो जाबो साहित्यमा यति धेरै बजेट हाल्यो भनेर सिस्ने सरकारको खेदो खनियो । विभिन्न व्यक्तित्वहरु संग साथ सङ्गत गर्दा राजनैतिक कुरा सङ्ग जोडेर हेरियो । काम गर्दै गर्दा तेरो पद खै भनियो । फाइदा बिना किन दुःख गर्छस भनेर प्रश्न गरियो । महफिल सकिए पछि खै किन फोटोमा देखिएन त भनियो । साहित्य कार्यक्रम त दुई चार जना खेरिएर पिपलको बुटामा गर्ने चिज हो के खर्च लाग्छ भनेर भनियो उहाँहरु लाई पनि मेरो सुझाब छ । पद र प्रतिष्ठा फाइदाको लागि मात्रै काम गर्नु पर्छ भन्ने कुरा त्यागी दिनुहोस् हरेक काममा राजनैतिक कुरा नमिसाई दिनुहोस् सकरात्मक कामको लागि एक ले अर्काको नेतृत्व स्वीकार गरिदिनुस् । कसैले बनाएर राखेको पाटी पौवा उचालेर भिरमा पल्टाउनु तागत होइन संभार गर्नु तागत हो ।

पद र प्रतिष्ठा फाइदा भए मात्रै काम गर्नु पर्छ भन्ने होइन । देश र समाजको लागि गर्नेहरु नाम,दाम, सान,मान र सम्मानका भोका हुदैँनन यो सुन्दर भुमिमा जन्मिएर यसको छाती चुसेर यसको ख्याल नगर्नु जन्म दिने आमा बिर्सनु हो । पुर्खाले नासोको रुपमा दिएर गएको नासोलाई जोगाउन जो कोहिको पनि कर्तब्य हुन्छ । हाम्रा प्रकृतिक सुन्दरता भाषा, कला साहित्य भेष, भुषाको मान इज्जत सम्मान संभार हामिले नगरे कसले गर्ने छातिमा हात राखेर स्वाभिमान बचाउन आफ्नै पाखा आफनै भाका बचाउनु हामी सबैको कर्तब्य हो ।
महफिलमा जिल्ला तथा जिल्ला बाहिरका साहित्यकारहरुको रचना बाचन साथै श्रष्टा सम्मान कविता बाचन प्रतियोगिता सञ्चालन भएको थियो उक्त कार्यक्रम सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पुर्वको आयोजनामा भएको हो । महफिलका आकर्षकमा हुनुहुन्थ्यो वसन्त ओली बसन्ती, पृथक हिमाल ओली, सुशीला श्रेष्ठ दिलकुमारी बुढा, जि.एम दिपु दिपेन्द्र,कबियात्री कल्पना परियार सुधा शाहको उपस्थित रहेको थियो । साथै बुद्धिजिबि समाजसेवी साहित्यकारहरुको ठुलै उपस्थिती रहेको थियो पहिलो चरणमा अतिथिकाहरुको मन्तब्य प्रस्तुत गरेका थिए दोस्रो चरण कविता बाचन सञ्चालन साथै तारक बहादुर शाहद्वारा लिखित मनसा शिर्षकको किताबको बिमोचन गरिएको थियो र जिल्लाको भाषा कला सस्कृतिको जगेर्नाका निमित्त महत्वपूर्ण योगदान दिने ब्यक्तीलाई सम्मान गरिएको हो । सम्मानित ब्यक्ती तारक बहादुर शाह, गिरिप्रसाद बुढा कैलास कुमार मल्ल, फत्तेकुमारी ओलि,कर्म सहि घर्ती, तिलक रोका, साथै मृत्यु परान्त दिबङ्गत कवि साहित्यकार मनिराम गौतमलाई सम्मान गरिएको हो । तेर्सो चरणमा आकर्षक गजलकार वसन्त ओलि बसन्ती, पृथक हिमाल ओलि, सुशीला श्रेष्ठ, दिल कुमारी बुढा,जि.एम दिपेन्द्र दिपु, कवियत्री कल्पना परियार र सुधा शाहको निकै उर्जावान प्रस्तुतिले खुब माहुल तताएको थियो ।

राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पुर्वको उपाध्यक्ष जमुना गौतमको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रमको सहजिकरण उर्मिला गौतमले गर्नु भएको थियो । रुकुम पुर्व बिबिध जाती, भाषा, कला,संस्कृती भेषभुसा भएको प्रकृतिक सुन्दरताको खानीको रुपमा चिनिएको जिल्ला यस अबस्थामा लुकेर रहेका प्रतिभाहरुलाइ प्रफुटन गराउनु जोगाउनु साहित्य परिषदको उदेश्य रहेको थियो । हामिलाई आर्थिक भौतिक नैतिक रुपमा साथ दिने बुद्धिजिबि समाजसेबिको साथले हामी महफिल गर्न सफल भएका थियौं । साहित्य मौलिक कला सस्कृति उत्थानको लागि कुनै पनि आनाकानी नगरी सहयोग गर्ने अभिभाबकिय भुमिका निबाह गर्ने सिस्ने सरकारको निकै प्रशंसा भएको थियो । पालिका अध्यक्ष कार्यक्रमका प्रमुख अतिथिले मन्तब्य दिदै गर्दा जिल्ला बाहिरका अथितिहरुले वाह गरिरहेको सुन्दा र साहित्यलाई बुझ्न सक्ने काला साहित्य प्रतिको गहिरो माया भएको अभिभावक पाएको बधाई हामिले खाई रहदा हाम्रो नाक गर्वले अलि उचो भएको थियो । यसमा यहाँहरु निरन्तर साथ सहयोग रहोस् यहीँ अपेक्षा गर्दछौं । जय साहित्य

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

आहा सञ्चारका भिडियो सामग्रीहरु हेर्न तल क्लिक गर्नुहोस तथा युट्युब च्यानल सस्क्राइव गर्नुहोस ।

This will close in 0 seconds