राप्ती लोकमार्ग अन्तरगत रुकुम पश्चिमको पिथिबाङ्ग खोलामा पक्की मोटरेबल पुल नहुँदा स्थानीय सर्वसाधारण र यात्रुलाई सास्ती भएको छ । हरेक वर्ष वर्षा शुरु भएसंगै खोलाको बहाव बढेर बाढी आउने समस्याका कारण सर्वसाधारण र यात्रुलाई आवतजावतमा सास्ती भएको हो ।

दाङ्ग, सल्यान हुँदै रुकुम सम्मको सडक सञ्जाल जोडिएको दुईदशक पुग्नै लाग्दा समेत पिथिबाङ्ग खोलामा पक्की पुल निर्माणको काम अधुरै रहेको छ । यसबाट वर्षातको समय अवधिभर सानादेखि ठूला सवारीसाधनलाई गन्तव्यमा पुग्न मुश्किल हुने गरेको छ । पिथिबाङ्ग खोलामा दुईवर्ष अघिबाट पक्की पुल निर्माणको काम शुरु गरिए पनि हालसम्म एकवटा पिल्लर बाहेक अन्य काम पूरा हुन सकेको छैन ।
निर्माण कम्पनीको ढिलासुती र लापरर्बाहीका कारण पुल निर्माण हुन नसकेको हो । जसका कारण बर्षेणी बर्षायाममा यातायातका सावारीसाधानहरु आवातजावतमा समस्या हुने गरेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto