अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि निष्काशन गरेको शेयरमा करिब २४ गुणा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझेसम्ममा २० लाख ४३ हजार २० जना आवेदकबाट २ अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बराबरको २ करोड ३१ लाख १६ हजार १९० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो लघुवित्तले निश्काशन गरेको कुल ९ लाख ७५ हजार कित्ता शेयरको २३।७० गुणा बढी हुन आउँछ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto