कविता : पाँच बर्ष

Byआहा सञ्चार

२०७९ बैशाख ७, बुधबार १९:१९

तारा प्रसाद खड्का
रुकुम पश्चिम

अ साँच्ची पाँच वर्ष कति छिट्टै वितेछ ।
विकास को आशा गर्नेहरुको आशै रित्तिएछ ।।
उनकै चिन्हमा लाएको हो हर्केले स्वतिक छाप ।
पाँच बर्ष पछि गाउ फर्केछन मेयर साप ।

नेता ज्युको आफ्नै छ स्वाग, अनि चटक
फेरीे गाँउ पर्कन संयोग मिलेछ यसपटक ।
हर्केदाइ घर सम्झदै पसिना पुछ्दै खाडिबाट ।
नेताजी कुर्सि सम्झदै खबर बुझ्दै गाडिबाट ।।

आफुले जितेमा सबैलाइ रोजगार दिने
घोषणा गरेका नेताज्यु ।
पाँच बर्ष एतिकै विताएछन ।
दिनभर, मिटिड.,गोष्ठी सेमिनार केवल
रात परेसी सुकुटी संगै रेड लेवल ।।

election adv.

समयले यहाँ खै के बनाइदियो ।
बजेट सबै आफ्नै गाउँमा खनाइदियो ।
आफ्नै भाइलाई फेरे ठेकेदार बनाइदियो ।।
काम छोडी रेड लेवलको चुस्की संगै रमाइदियो ।
जनताको घरमा संधै अभावले ठाउ जमाइदियो ।
दुइ चार जना युवालाइ भोड्काले थमाइदियो ।

फेरी हर्के दाइ विदेश जानुछ छाक टार्न ।
नेता ज्यु फेरी भन्दैछन हुदैन मैले हार्न ।
बरु मिलाएर सकिन्छ चुनाव पनि सार्न ।।
जनतालाइ सिकाकै छन मर्न अनि मार्न ।।
बिचरा ति सोझा साझालाइ लडाएर
आफुमात्र राम्रो भनी औला ठडाएर ।
नेता ज्यू भाषण गदैछन गाउमा
अझै ठुलो स्वरमा कराएर ।।

अ साँच्ची पाँच वर्ष कति छिट्टै वितेछ ।
विकासको आशा गनेहरुको आशै रित्तिएछ ।।

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto