बैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनमा रुकुम पश्चिममा पाँच दलीय सत्तागठबन्धन नहुने अवस्थामा पुगेको छ । सत्ता गठबन्धनमा रहेका पाँच दलका जिल्ला स्थित शिर्ष नेताहरुको पटकपटकको छलफलबाट पनि सहमति जुट्न नसकेपछि दलहरुले आआफ्नो पार्टीको तर्फबाट छुट्टाछुट्टै उम्मेदवारहरु घोषणा गर्न थालेका छन । शनिबार बसेको जिल्ला स्तरीय अन्तिम बैठकले जिल्ला स्थित सत्ता गठबन्धनमा सहभागी दलहरुको बैठकले सिट बाँडफाटमा सहमति हुन नसकेको भन्दै जिल्लाको यर्थात विवरण सहितको निर्णय केन्द्र र प्रदेश स्तरीय गठबन्धनमा पेश गरिएको छ । यो समाचार तयार पार्दासम्म केन्द्र र प्रदेशबाट कुनै निर्देशन नआएका कारण जिल्लामा गठबन्धन दलविच प्रतिस्प्रधा हुने संभावना देखिएको हो ।

आ–आफ्नै दावी
यसअघिको स्थानीय तहको निर्वाचनमा जिल्लाका ६ वटै स्थानीय तहमा नेकपा माओवादी केन्द्रले प्रमुख र उपप्रमुख जितेको छ । जसका कारण गठबन्धन दललाई प्रमुख बाहेकका अन्य पदमा मात्र सिट बाँडफाँड गर्न सकिने धारणा राखेको थियो भने नेपाली काग्रेसले जिल्लाका ३ वटा स्थानीय तहमा प्रमुख सहितका अन्य सिटहरु आफुलाई दिनुपर्ने दावी गरेको थियो । त्यसैगरी नेकपा (एकिकृत समाजवादी) ले एक स्थानीय तह प्रमुख सहितका पदमा दावी गरेको थियो ।

आआफ्नै उम्मेदवार सिफारिसलाई तिव्रता
सत्तागठबन्धनमा सहमति नजुटेपछि जिल्ला स्थित गठबन्धन दलहरुले नै आआफ्नो तर्फबाट स्थानीय चुनाको लागि उम्मेदवारहरु टुंगो लगाउन थालेका छन । यो समाचार तयार पार्दासम्म नेकपा माओवादी केन्द्रले जिल्लाका ६ वटै स्थानीय तहमा प्रमुख र उपप्रमुखका उम्मेदवारहरु टुंगो लगाएको छ भने नेपाली काग्रेस र अन्य गठबन्धनमा रहेका दलहरुले पनि केहि स्थानीय तहमा उम्मेदवारी टुंगो लगाएका छन । नेकपा माओवादी केन्द्रले सोमबार सार्वजनिक गरेको विवरण अनुसार चौरजहारी नगरपालिकाको प्रमुखमा पुष्प वादी र उपप्रमुखमा इश्वरी कुमारी शर्मा विएमलाई उम्मेदवारको रुपमा छनोट गरिएको छ । त्यस्तै आठविसकोट नगरपालिकाको प्रमुखमा रवि केसी, उपप्रमुखमा धन कुमारी शाही, मुसिकोट नगरपालिकाको प्रमुखमा वसन्त शर्मा र उपप्रमुखमा मिलन खड्कालाई सिफारिस गरिएको छ । त्यस्तै सानीभेरी गाउँपालिकाको अध्यक्षमा बिर्ख बहादुर विष्ट, उपाध्यक्षमा कमला रोका पुन, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा गणेश कुमार केसी, उपाध्यक्षमा राजकुमारी रेउले र बाँफिकोट गाउँपालिकाको अध्यक्षमा चन्द्रबहादुर केसी, र उपाध्यक्षमा तारा बुढा केसी रहेका छन ।

त्यसैगरी नेपाली काग्रेसले यो समाचार तयार पार्दासम्म चौरजहारी नगरपालिकाको प्रमुखमा प्रेमबहादुर ओली र उप प्रमुखमा दीपा डाँगी खड्का र सानीभेरी गाउँपालिकाको अध्यक्षमा गोरखप्रसाद चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै त्रिवेणी गाउँपालिकाको अध्यक्षमा अमरसिं खड्का, उपाध्यक्षमा सृष्ठी बाँठामगर र बाँफिकोट गाउँपालिकाको अध्यक्षमा जनक बाँठा तथा उपाध्यक्षमा नन्दा केसीलाई उम्मेरवार बनाउने निर्णय गरेको छ ।

त्यस्तै नेकपा एमालेले पनि रुकुम पश्चिमले पनि जिल्लाका ६ वटै स्थानीय तहमा उम्मेदवारहरु टुंगो लगाएको छ । जस अनुसार चौरजहारी नगरपालिकाको प्रमुखमा टंक प्रसाद ओली, उपप्रमुखमा डण्डी कार्की, मुसीकोट नगरपालिकाको प्रमुखमा थलबबहादुर ओली, उपप्रमुखमा चन्द्री महतरा, आठविसकोट नगरपालिकाको प्रमुखमा दिनेश चन्द, उप्रमुखमा कृष्णाकुमारी मल्ल रहेका छन । त्यस्तै त्रिवेणी गाउँपालिकाको अध्यक्षमा डिल्लीबहादुर ओली र उपाध्यक्षमा धनकला विष्ट, सानीभेरी गाउँपालिकाको अध्यक्षमा प्रकाश खड्का, उपाध्यक्षमा पवित्रा डाँगी र बाँफिकोट गाउँपालिकाको अध्यक्षमा गणेशबहादुर केसी र उपाध्यक्षमा देउमी पौडेललाई उठाउने निर्णय गरेको छ । नेकपा एकिकृत समाजवादी लगायतका अन्य दलहरुले भने यो समाचार तयार पार्दासम्म उम्मेदवार घोषणा गरेका छैनन् । हालसम्म उम्मेदवार घोषणा गरेका दलहरु सबैले पुरुषलाई मात्र प्रमुख वा अध्यक्षको रुपमा अघि सारेका छन । जिल्ला स्थित कुनै पनि दलले महिलालाई प्रमुख वा अध्यक्ष पदमा सिफारिस गरेको छैनन् ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto