हरि जिज्ञासु
पाँच वर्ष ढुक्कले शासन चलाउन सक्ने स्थानीय सरकारले पाँचवर्ष भित्र के कति काम ग¥यो या गर्न सकिन भन्ने कुराको मुल्याङकन आउने निर्वाचनमा जनताले गर्दैछ । पाँच वर्ष कार्यकालकालागि निर्वाचित भएका जनप्रतिनीधिहरुको कार्यशैलीप्रति जनताले आलोचना गर्ने ठाउँ पाएका त छन् नै । तर केही त्यस्ता जनप्रतिनीधि छन् जसले पाँच वर्षको लागि लिएको जिम्मेवारी जनताको अगाडि राम्रोसँग पूरा गरेका छन् । जनताको मन जितेका जनप्रतिनीधिहरुलाई फेरि पनि जनताले नै पाँच वर्ष थप गरिदिन सक्छन् । हुनत हाम्रो नेपाली समाज विचार, दर्शन र असल कार्यशैली भएको व्यक्तित्वको असल तरिकाले पहिचान गर्न सक्ने अबस्थामा अझै पुगेको छैन । एउटा व्यक्तिले पैँसा र पावरको गीत गाउँने वित्तिकै त्यहि गीतमा आफ्नो बहुमूल्य मतको ख्याल नगरी नाचिहाल्ने हाम्रो समाज छ । खासमा पाँच वर्षसम्मको लाजि जनताको सेवा गर्ने जिम्मा पाएका जनप्रतिनीधिले जनताको हितमा कति काम गरे या गरेनन् भन्ने गतिलो समिक्षा जनताले गर्नुपर्ने हो । फेरि पनि जनताले मासुभातको पछि लागेर दर्शन विनाको उम्मेदारलाई बिजय बनाए भने हाम्रो गाउँ समाज वास्तविकताबाट माथि उठ्दैन ।
निर्वाचन समय नजिकिदै गर्दा निर्वाचनमा भाग लिने पार्टीका कार्यकर्ताहरु हाल गाउँ केन्द्रित छन् । पार्टीभित्र टिकट कसलाई दिने र कसले पाउँने भन्ने विषयमा अन्तसंघर्ष चलिरहेको छ । कसलाई हराउने र कसलाई जिताउने भन्ने कुराको बहस गाउँको चौतरा र सार्वजनिक स्थानहरुमा उठिरहेको छ । विभिन्न पार्टीहरुले आफ्नो घोषणपत्र लेख्दैछन् । जनतालाई कसरी आफू केन्द्रीत गर्ने भन्ने विषयमा नेता कार्यकर्ताहरु जोडले खटिरहेका छन् । मेरो विचारमा सकभर उनीहरुलाई हिजोआज राति सुत्दा निन्द्रासमेत पर्दैन होला । विभिन्न पार्टीकताको कुरा गर्ने हो भनेत कति छ कति अरु कुनै विषय बस्तुमा फेरि कार्यकर्ताकै कुरा गरौँला बरु अहिले पाँच वर्षमा जनप्रतिनिधले के गरे भन्ने विषयमा समिक्षा गरौँ ।
पाँच वर्षको उपलब्धि के ?
स्थानीय पुनरसंरचना अनुसार जनप्रतिनीधिलाई जनताले जनताकै लागि सेवा गर्न भनेर पाँच वर्ष जिम्मा दिए । यदि राम्रो नेतृत्वकर्ताले पाँच वर्ष एउटा गाउँको लागि काम गर्ने मौका पायो भने उसले त्यो गाउँको दर्दनाक स्वरुपलाई नै परिवर्तन गरिदन सक्छ । तपाई र हाम्रो वडा अध्यक्षले हाम्रो सामन्य समस्याको हल गर्ने काम गरे त ? वडा बासीले पाउनु पर्ने शिक्षा, स्वास्थ्य, रोजगार लगायत अन्य धेरै कुराहरुको सेवा सुविधा सजिलै पाउँन सके त ?, जनप्रतिनीधिले पाँच वर्षसम्म जनताको चेतनालाई सकतात्मक बाटोतिर डो¥याउन कतिसम्म मेहनत गरे ? के विकास भनेको दुर्गम गाउँमा सडक पुग्नु र विजुलीको तार झुण्डिनु मात्र हो त ? यस्ता खालका प्रश्नहरु आगामी निर्वाचनको आसपासमा बढि उठ्नु आवश्यक छ ।
वास्तवमा हाम्रो सामन्य जीवनशैली र कार्यशैलीले हामी हाम्रो गाउँलाई सुन्दर समृद्धिमय बनाउन सक्छौँ । सामान्य सकरात्मक चेतना हामीमा भयो भने पनि हाम्रो गाउँ समाज परिवर्तन हुन सक्छ । यो संसारमा जति समृद्धिमय देशहरु छन् ती देशहरु समृद्धिमयको स्थानमा पुग्नुको पछाडी उनीहरुको सकारात्मक सोच र मेहेनत नै पहिलो हो । हामीले हाम्रो स्थानीय तह पाँच वर्ष अवधिमा कतिसम्म समृद्धिको यात्रामा गयो या गएन भन्ने कुराको समिक्षा गर्दा त्यति उत्साहजनक विकास स्थानीय सरकारले गर्न नसकेकै हो । समग्रहमा भन्नुपर्दा दुर्गम गाउँहरुमा सडक पुग्यो केही गाउँहरुमा स्वाथ्यचौकी स्थापना भए तर जनताको चेतना बृद्धिको लागि स्थानीय सरकारले लगानी गर्न सकेन । विकास र विनास के हो भन्ने कुराको ख्याल नगरी जहाँ पायो त्यहिँ डोजर चलाउँदा जनताको करले जम्मा भएको राज्यको ढुकुटी टाट् पल्टेको छ । मान्छेहरुले स्थानीयतहको विकासलाई डोजरे विकास भनेर नामाकरण गरे । के हामीले यही पाँच वर्षभरीमा गाउँमा सडक पु¥याउनुलाई मात्र विकास भन्ने हो त ?
काम छोडेर चौतारामा राजनीतिक गफ छाँड्ने प्रबृत्ति
हामीले जति दार्शनिक र व्यवहारिक कुरा गरेतापनि हाम्रो देशको शासनप्रणाली राजनीतिमय छ । गाउँ समाजको विकासको बाधक भनेको फोहरी राजनीति प्रमुख हो । विभिन्न राजनीतिक दलहरुले गाउँ समाजलाई भागबण्डा गरेको हुनाले गाउँ समाजका मान्छेहरु पनि त्यहि राजनीतिमै अलमलियका छन् । फरक पार्टीको राजनीतिक दर्शनमा गाउँ समाजका मान्छेहरु विभाजित छन् । फरक पार्टीको राजनीतिक दर्शनमा विभाजित भएकै कारणले उनीहरु टोल र चौतरामा राजनीतिक बहस गरेर समय विताउँछन् उनीहरुको घरआँगन फोहर हुन्छ सफा गर्ने समय पाउँदैनन् । राजनीतिको प्रभाव गाउँसमाजमा यति परेको छ कि उनीहरु राजनीति भन्दा माथि उठ्नै सकिरहेका छैनन् । बलियो बैचारिक राजनीति पनि फेरि गर्न सकिरहेका छैनन् । प्रचण्ड, केपी ओली, शेर बहादुर देउबा लगायत शिर्ष नेताहरुको कुरा यता र उता पारेर समय विताउछन् । अन्तमा त्यहि जो व्यक्ति राजनीति कुरा सजिलै बुज्न र गर्न सक्छ त्यहि व्यक्तिले वडा अध्यक्ष, सदस्य लगायतको टिकट पाएर निर्वाचनमा भाग लिन्छ । के उसले साच्चीकै विकास गर्न सक्छ त ?
कसरी सामाजिक चेतनाको विकास गर्न सकिन्छ ?
हामीले सानै देखि पढिरहेको कुरा व्यक्ति सुध्रिएपछि परिवार सुध्रिन्छ र परिवार सुध्रिएपछि समाज सुध्रिन्छ । सर्बसाधरण जनता र राजनीतिक गफ छाँड्ने कार्यकर्ताहरुमा गाउँ समाज विकासको चेतनाको जन्मा भएमा केहि प्रगतिका दृष्यहरु देखिन थाल्छन् । विकास भन्ने कुरा हुने कुरा होइन गर्ने कुरा हो त्यसकारण विकास गर्नको लागि पनि समाजप्रतिको सकारात्मक सोच बोकेको व्यक्तिको आवश्यकता पर्दछ । त्यसकारण साधारण भाषाामा भन्नुपर्दा आगामी निर्वाचनमा समाजको चिन्ता र गाउँ विकासको अर्थपूर्ण सपना देखेको व्यक्तिलाई हाम्रो बहुमूल्य मतले विजय बनाउन सक्नुपर्छ । असल नेतृत्व चुन्न सक्नु नै हामीमा सकारात्मक विचारको विकास भएको मान्न सकिन्छ ।
पाँच वर्ष समुदायको लागि निर्वाचित भएको जनप्रतिनीधिले त्यति धेरै ठूलो दुःख कष्ट गर्नुपर्दैन । गाउँ समाजको लागि साना–साना कामहरु सजिलो तरिकाले गरिदियो भने पनि पाँच वर्षमा गाउँको स्वरुप परिवर्तन हुन सक्छ । गाउँमा रहेका प्रत्येक घर परिवारलाई आफ्नो घर आँगन अगाडि सँधै हरियो राख्नुपर्छ, त्यहाँ साकशब्जी र अन्य तरकारी रोप्नु पर्छ भन्ने चेतना विकास गराई दिनु पनि ठूलो विकास हो । यसको लागि करोडौँ बजेट चाहिँदैन । घर आँगन सफा राख्नुपर्छ र पाहुना आउँदा पाहुनाहरुलाई मिठो सेवा सत्कार गर्नुपर्छ भन्ने कुराको चेतना दिनु पनि विकास हो । यसको लागि पनि लाखौँ बजेट चाहिँदैन । संधै टोल सफा राख्नुपर्छ, फोगटमा गाउँ लुखुर लुखुर डुल्नुहुन्न, उत्पादनमा संधै लागि पर्नुपर्छ, लगायत अन्य धेरै साना साना कुराहरु छन् जसको उपयोग र प्रयासले समाज बदलिन सक्छ । समाज बदलिनु नै देशको स्वरुप परिवर्तन हुनु हो ।
चुनावी घोषणापत्र कस्तो हुनुपर्छ ?
चुनाव नजिकिने वित्तिकै सबै राजनीतिदलहरु तातिन्छन् । देश चुनावी माहोलमय बन्छ । चुनाव जितिसकेपछि निदाएका जनपप्रतिनीधिहरु चुनाव आउनै लागेको बेलामा बिउँझिन्छन् । मानु उनीहरु मौषम अनुसारको खेती गर्छन । चुनावको माहोलमा विचारको होइन, शक्तिको प्रर्दशन गर्छन । धारा, पँधेरा चोक र गल्लीहरुमा विचार र शिद्धान्तविनाका झण्डा फहराउँछन् । पार्टीको ग्याङले विकास हुने होइन । विकास गर्नल लाई त निश्चित भिजन र दर्शन हुनुपर्छ । अधिकांस पार्टीहरुले गाउँको चोक र गल्लीहरुमा सिंगो पार्टीको घोषणापत्रका पर्चाहरु फ्याक्छन् । ती माओवाद, समाजवाद, साम्यवाद लेखेका घोषणपत्रहरु गाउँमा भएका दाजुभाई दिदीबहिनीहरुले बुज्दैनन् । बुजुन पनि कसरी किनभने शिक्षाको पहुँच नपु¥याउनु राज्यको गल्ती छ । राजनीतिक पार्टीको क्रियाकलापमा आलोचना गर्ने हो भने त कति धेरै छ तर ती कुरालाई थाँति राखेर आउने निर्वाचनमा घोषण पत्र पार्टीले कस्तो बनाउनुपर्छ भन्ने कुरामा जाउँ ।
स्थानीय तहको विकास स्थानीय सरकारले गर्नुपर्छ । एउटा सिंगो गाउँको विकासक गर्नको लागि एउटा वडा अध्यक्ष र वडा समितिको महत्वपूर्ण जिम्मा हुन्छ । घोषणपत्र निर्माण गर्दा गाउँभेला गरेर गाउँका समस्याहरुको समाधान गर्ने तरिकाले गाउँको निमार्णको घोषणपत्र वडा समिति अर्थात पार्टीका कार्यकर्ताले बनाउँनुपर्छ । त्यसको कार्यन्वयन गर्नको लागि नेतृत्व लिन चाहाने व्यक्ति जिम्मेवारी हुनुपर्छ । घोषणपत्र साधारण गाउँका दाजुभाई दिदीबहिनीहरुले बुज्ने हुनुपर्छ । जस्तै उदारणको लागि स्कुलमा शिक्षक कति थप्ने ?,स्कुलको स्तर उन्नती कसरी गर्ने ?, खोलामा पुल कसरी र कुन ठाउँमा लगाउँने ? स्वास्थ्य चौकिको स्थर उन्नती कसरी गर्ने ? घर आँगन सफा राख्नको लागि के गर्ने ? लगायत विषय घोषणपत्रमा राख्नुपर्छ र कार्यन्वयन गर्नुपर्छ । यस्तो गर्नाले जनताले सजिलै तरिकाले विश्वासिलो नेतृत्व छुट्याउन सक्छन् । अन्तमा जसले जे भने पनि नागरिकहरुमा असल र सकारात्मक विचार भएको जनप्रतिनिधि चुन्न नसक्नु नै हाम्रो कम्जोरी हो । त्यसकारण हामीले असल नेतृत्व चुनौँ र हामी आफै सकारात्मक बनाँै । देशलाई साँच्चिकै सुन्दर बनाउन सकिन्छ ।